Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

श्री नं १ सैन्य तालिम केन्द्रमा ५२८ जना दीक्षित

Main News Image
Kakani Khabar add

नुवाकोट । श्री नं १ सैन्य तालीम केन्द्र, मैथली ब्यारेक नुवाकोटका सिं.स.८३ को सैन्य तालीममा सहभागी ‘सैन्य आधार तालीमको अन्तिम दलेल कवाज’ पूरा भएसगै पाचसय २८ जना सैन्य शुक्रबारदेखि सिपाहीमा दीक्षित भएका छन् ।

सैन्यबाट सिपाही भएकालाई बलाधिकृत रथी प्रदीप जंग केसीले विशेष समारोहका बीच अन्तिम दलेल कवाज निरीक्षणगर्दै जनता, सैनिक संगठन र राष्ट्रको रक्षाको लागी जिम्मेवारी बहन गर्न निर्देशन दिनुभयो ।

बलाधिकृत केसीले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, जनताको सुरक्षाको लागी नेपाली सेनाको गौरवमय इतिहास रहेकाले त्यसलाई संरक्षण गर्न दिएको जिम्मेवारी सेनाको मूल्य र मान्यता भित्र रहेर इमान्दारपूर्वक बहन गर्न दीक्षित सिपाहीलाई स्मरण गराउनुभयो ।

“राष्ट्रको मेरुदण्डको रुपमा नेपाली सेना भएकाले दिएको जिम्मेवारीलाई बफादार एवम् अनुशासित ढङ्गबाट पालना गर्न सक्नुपर्छ ।” उहाँले भन्नुभयो “इमान्दार र कर्तव्यनिष्ठ भएर सेवा पु-याउनुहोस्, तपाईहरुको भविष्यको ढोका अब खुल्न सुरु भएको छ ।”

उहाँले दिक्षित सैनिकलाई सेनाको मुख्य दायित्वको रुपमा विपत् व्यवस्थापन, विकास निर्माणमा सहयोग, प्राकृतिक श्रोतको संरक्षण, ऐतिहासिक सम्पदाको सुरक्षा, स्थानीय प्रशासनलाई सहयोग सहित विश्वमा शान्ति स्थापनार्थ पु-याउदै आएको सेवामा विश्वसनीय सँस्थाको रुपमा बनाएको छवी कायम राख्ने जिम्मेवारी पूरा गर्नका लागी तयार रहन निर्देशन दिनुभयो ।

नेपाली सेनाको नौ महिने आधारभूत तालीम पूरा गरेका पाचसय २८ जना सैन्यहरु सकल दर्जाको सिपाहीको रुपमा कार्यक्षेत्रमा खटिन तयार भएको श्री नं १ सैन्य तालिम केन्द्रका प्रमुख, प्रमुख सेनानी दिपक राईले जानकारी दिनुभयो ।

तालिममा सहभागी ५२८ जनामा सैद्धान्तिक तथा ब्याबहारिक दुवै बिधामा उच्चस्तरको ज्ञान हासिल गर्दै तालिममा प्रविण खड्का खुकुरी होल्डर सर्वोकृष्ट (उत्कृष्ट सिपाही) घोषित हुनुभयो । यस्तै, तालिममा सहभागी महिलाहरु मध्ये ममता नेपाली उत्कृष्ट घोषित भएसगैँ कार्यक्रमका प्रमुख अतिथी मार्फत प्रशंसापत्र सहित सम्मान गरिएको थियो ।

उत्कृष्ट महिलातर्फ सिपाही ममता नेपाली र पुरुष तर्फ सिपाही प्रविण खड्कालाई बलाधिकृत रथी प्रदीप जंग केसीले नेपालको गौरव ‘गोर्खाली खुकुरी’ र प्रशंसापत्रले सम्मान गर्नुभयो । उक्त अवसरमा उहाँले ‘सैन्य आधारशिला अंक–२९’ को बिमोचन गर्नुभयो ।

Kakani Khabar add

सम्बन्धित खबर

साउनभित्र दुई लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुन्छ:कृषि मन्त्रालय

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आउँदो साउन महिनाभित्र झण्डै दुई लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ । 


मुख्यबाली धानका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले व...

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

रसुवा । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा रु १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन गरेको छ ।


गत वर्ष ल्हेन्दे खोलामा आएको बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएपछि लामो समय आवतजावत ठप्प हुँदा निर्धारित लक्ष्यको क...

पशुपतिमा साउने सोमबारको तयारी:सफाइ अभियान सुरु

काठमाडौँ । साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा सफाइ अभियान सुरु गरिएको छ ।


साउन महिना र सोमबार आशुतोष भगवान् शिवको महिना र बार मानिने भएकाले एकैदिन लाखौ...

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ५३८ पुग्यो

काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५३८ जना पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज दिउँसोसम्ममा ५३८ जनाको शव फेला परेको हो ।


धेरैजसाे शवहरू चितवन, नवलपरासी...

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गएको आर्थिक वर्ष २०८२/८३ मा १२ लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । 


नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार एक वर्षमा १२ लाख ९ हजार ३५७ जना विदेशी पर्यटक हवाइ मार्गबाट नेपाल भित्रिएका हुन् । यो संख्या...

टप एन्ड टी २० सिरिजमा नेपालको लगातार दोस्रो हार

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । शनिबार भएको खेलमा नेपालको ए टोली बंगलादेश हाइ पर्फर्मेन्स टोलीसँग पराजित भएको हो ।


नेपाललाई बंगलादेशले ९ विकेटले पराजित गर्‍यो । नेपालले दि...