Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा

Main News Image
Kakani Khabar add

काठमाडौँ । श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको छ ।


भारतको गोवामा रहेको जवाहरलाल नेहरु रङ्गशालामा आज भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई २–० गोलले हरायो । नेपालका रश्मीकुमारी घिसिङ र कप्तान रेनुका नगरकोटीले गोल गरे ।


याे जीतसँगै नेपाल समूह ‘ए’ को विजेता बनेको छ । नेपालले समूह चरणको पहिलो खेलमा भूटानलाई १–० गोलले हराएको थियो । यस्तै याे समूहबाट भूटान उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । भूटानले श्रीलङ्कालाई ४–० गोलले हराएको थियो । 


प्रतियोगितामा आजै राति पौने ८ बजे भारत र बङ्गलादेश खेल्दैछन् । याे समूहबाट भारत र बङ्गलादेशले माल्दिभ्सलाई हराउँदै सेमिफाइनलमा पुगिसकेका छन् । याे खेलले समूह विजेता निर्धारण गर्नेछ । 


आठाैँ संस्करणकाे साफ महिला च्याम्पियनशिपकाे फाइनल खेल यही जेठ २३ गते हुनेछ ।


भारतले सबैभन्दा धेरै ५ पटक उपाधि जितेको छ भने बङ्गलादेश पछिल्लो दुई संस्करणको विजेता हाे । नेपाल अहिलेसम्म ६ पटक फाइनलमा पुगे पनि अझै उपाधिविहीन छ ।

Kakani Khabar add

सम्बन्धित खबर

एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण असोजमा हुने

काठमाडौँ । एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण आउँदाे असोजमा आयोजना हुने भएको छ । आयोजक इन्फिनिटी ड्रिम्सका अनुसार प्रतियोगिता असोज ८ गतेदेखि १७ गतेसम्म काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुनेछ ।

<...

नर्वेलाई हराउँदै इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौँ । नर्वेसँगको खेलमा  पुनरागमन जीत निकाल्दै इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । 


आज बिहान अमेरिकाको मियामी रङ्गशालामा भएको खेलमा इंग्ल्यान्डले नर्वेलाई २–१ गोलले हरायो । इंग्ल्यान्डको जीतम...

१९ वर्षमूनीको महिला प्रिमियर कपमा नेपालको विजयी सुरुवात

काठमाडौँ । एसीसी १९ वर्षमूनीको महिला प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा आजदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा कतारलाई १०५ रनको फराकिलो अन्तरले हरायो ।


टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारि...

विश्वकपको सेमिफाइनल समीकरण पूरा

काठमाडौँ । फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । फिफा वरीयतामा शीर्ष चारका टोली फ्रान्स, अर्जेन्टिना, स्पेन र इंग्ल्याण्ड नै सेमिफाइनलमा पुगेका हुन् । 


आज बिहान सकिएका दुई क्वाटरफाइनल खेलपछि सेमिफाइनल खेल्ने चार...

नेपालको महिला टोली एसिया कपमा छनोट हुन सकेन

काठमाडौँ । नेपाली महिला क्रिकेट टोली एसीसी महिला प्रिमियर कप क्रिकेटको क्वार्टरफाइनलबाट बाहिरिँदै एसिया कपमा छनोट हुन असफल भएको छ । 


एशियाली खेलकुदमा छनोट हुन नसकेको दशौँ दिनमा महिला क्रिकेट टोली एसिया कपमा पनि छनोट हुन नसकेक...

चुनाव स्थगित गर्न एन्फालाई राखेपको निर्देशन

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई चुनाव स्थगित गर्न निर्देशन दिएको छ ।


राखेपका सङ्घ–संस्था समन्वय शाखा प्रमुख चन्द्रकुमार राईले एन्फालाई पत्र लेख्दै चैत १३ गते आउँदो शुक्रवार झापामा हु...