Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

टी–२० विश्वकप : भिड्दै छन् नेपाल र इङ्ल्याण्ड

Main News Image
Kakani Khabar add

काठमाडौं : शनिबारदेखि सुरु भएको टी-२० विश्वकपअन्तर्गत नेपालले आज आफ्नो पहिलो खेलमा दुईपटकको विश्व च्याम्पियन इङ्ल्यान्डको सामना गर्नेछ। 

मुम्बईको वानखडे रंगशालामा दिउँसो सवा तीन बजेबाट सुरु हुने खेलमा नेपाल टेस्ट टोलीलाई हराउने लक्ष्यसाथ मैदानमा उत्रनेछ।

इतिहासमै पहिलोपटक नेपालले इङ्ल्यान्डको सामना गर्न लागेको हो। इङ्लिस कप्तान ह्यारी ब्रुकले नेपाललाई कमजोर नसोचेको प्रिम्याच प्रेस कन्फरेन्समा बताएका छन्। 

घरेलु क्रिकेटमा सम्पन्न इङ्ल्यान्डसँग सबै डिपार्टमेन्टमा उत्कृष्ट खेलाडी छन्। इङ्ल्यान्डसँग खेल्दा नेपालले आद्रता धेरै भएको मुम्बईमा कन्डिसनको फाइदा उठाउन सक्नुपर्ने हुन्छ।

मुम्बईको मैदान फास्ट बलरहरूका लागि सहयोगी मानिन्छ। यो मैदानमा धेरै स्विङ हुने भएकाले नेपालका लागि सोमपाल कामी र करण केसी प्रमुख हतियार हुनेछन्।  यस्तै नन्दन यादवको प्रदर्शन खेलको केन्द्रमा रहनेछ।

७० मिटर बाउन्ड्री रहेको मैदानमा उच्च स्कोरको खेल हुने अपेक्षा गरिएको छ। ब्याटिङमा विश्ववरीयताको दोस्रो स्थानका रहेका फिल सल्ट र तेस्रो स्थानका जस बटलर नेपालका लागि ठूलो चुनौती हुन्।

नेपालको ब्याटिङ स्ट्रेन्थ भने ओपनर आशिफ शेख र कुशल भुर्तेलसँगै सन्दीप जोरा र लोकेश बमले आक्रामक खेल्न सक्छन् वा सक्दैनन् भन्नेमा निर्भर गर्छ । कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीबाट जिम्मेवारीपूर्ण अलराउन्ड प्रदर्शनको आशा गरिरहँदा गुल्सन झाले क्यामियोमा राम्रो गर्न सक्नेछन्।

इङ्ल्यान्डले गत जनवरीमा भएको एसेज सिरिजमा ४(–१ को हार बेहोरेको थियो। त्यसअघि न्युजिल्यान्डसँगको सिरिजमा पनि सोचेझैँ नतिजा हात पार्न नसकेको यो टोली त्यसपछि श्रीलंकाविरुद्धका दुई सिरिजमा नै सानदार जित हात पारेपछि उच्च मनोबलका साथ विश्वकपमा आएको छ। 

नौ पटक विश्वकपमा सहभागी हुँदा उसले सन् २०१० र २०२२ मा उपाधि जितेको थियो । हरेक पटक शीर्ष ८ मा परेको टोलीसँगको प्रतिस्पर्धा नेपालका लागि कठिन नै हुनेछ।

Kakani Khabar add

सम्बन्धित खबर

नेपालले अमेरिकालाई १२२ रनले हरायो

काठमाडौँ । घरेलु मैदानमा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लिग–टु शृङ्खलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ ।


नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४१ ओभर २ बलमा १९५ रन बनाउँदा सबै विकेट गुमायो । अमेरिका...

नेपाल एसीसी १९ वर्षमुनिको महिला प्रिमियर कपको समूह विजेता

काठमाडौँ । एसीसी १९ वर्षमुनिको महिला प्रिमियर कपमा नेपाल लगातार तेस्रो जीतसहित क्वाटरफाइनलमा पुगेको छ । 


आजको खेलमा हङकङलाई १८१ रनको फराकिलो अन्तरले हराउँदै समूह ‘डी’ को समूह विजेता बनेर नेपाल क्वाटरफाइनल प्रवेश गरेको हो । टस...

हङकङलाई हराउँदै नेपालले जित्यो एशियाली खेलकुद छनोटको उपाधि

काठमाडौँ । हङकङलाई हराउँदै नेपालले एशियाली खेलकुद छनोटको उपाधि जितेको छ । सिङ्गापुरमा आज भएको फाइनलमा नेपालले हङकङलाई डीएलएस नियमका आधारमा १९ रनले हरायो ।


हङकङले दिएको १८९ रनको लक्ष्य पछ्याएको नेपालले ११ ओभर ३ बलमा २ विकेट गुमाएर...

विश्वकपको सेमिफाइनल समीकरण पूरा

काठमाडौँ । फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । फिफा वरीयतामा शीर्ष चारका टोली फ्रान्स, अर्जेन्टिना, स्पेन र इंग्ल्याण्ड नै सेमिफाइनलमा पुगेका हुन् । 


आज बिहान सकिएका दुई क्वाटरफाइनल खेलपछि सेमिफाइनल खेल्ने चार...

फिफा विश्वकपको क्वाटरफाइनल समिकरण पूरा

काठमाडौँ । उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ को क्वाटरफाइनलम समिकरण पूरा भएको छ ।


प्रिक्वाटरफाइनल अन्तर्गत बुधबार विहान स्विट्जरल्यान्ड र कोलम्बियाबीचको खेल सकिएपछि अन्तिम आठमा पुग्ने ८ वटै टोलीको टुङ्गो लागेको हो । सा...

‘वर्ल्ड अफ डान्स नेपाल’ को उपाधि विजेता टिम एनटी अन्तराष्ट्रिय प्रतिस्पर्धामा जादै

नुवाकोट । ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ को ग्रान्ड फिनालेमा अपर टिम डिभिजनको उपाधि जित्न सफल टिम एनटी विभिन्न देशमा हुने अन्तराष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउन जाने भएको छ ।


त्रिशूलीमा आज पत्रकार सम्मेलनमा टिम एनटीका प्रतिनिधि...