Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद

Main News Image
Kakani Khabar add

काठमाडौँ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रसुवा भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलले बरामद भएका अवैध सामग्री सार्वजनिक गरेको छ ।


राजस्व चुहावट नियन्त्रण अभियानअन्तर्गत ती निकायको संयुक्त प्रयासबाट रु तीन करोड ५१ लाख ७६ हजार ४२० मूल्य बराबरका अवैध सामग्री बरामद गरेको हो ।


भन्सार कार्यालयका सूचना अधिकारी करवीर गैह अनुसार भन्सार कार्यालयले १५, प्रहरी कार्यालयले १९ र सशस्त्र प्रहरी बल नम्बर २० गुल्मले २३ पटक विभिन्न स्थानमा छापा तथा जाँच गरेको थियो ।


बरामद गरिएका सामग्रीमा विभिन्न प्रकारका चकलेट, अचार, चाउमिनमा प्रयोग हुने सस, तयारी पोसाक, रोल कपडा, कफी, बालबालिकाका खेलौना, थर्मस, भेप तथा चुरोटलगायतका सामग्री रहेका छन् । बरामद सामग्रीमध्ये ८० प्रतिशतभन्दा बढीमा खाद्य उपभोग्य वस्तु रहेको भन्सार कार्यालयले जनाएको छ ।


भन्सार कार्यालयका सूचना अधिकारी गैह्रेलेसुरक्षाकर्मीले प्रारम्भिक रूपमा बजार मूल्यका आधारमा मूल्याङ्कन गरे पनि अन्तिम मूल्य भने खाद्य गुण नियन्त्रणसम्बन्धी परीक्षण, अन्तरराष्ट्रिय बजार मूल्य तथा मूल्य निर्धारण समितिको निर्णयका आधारमा कायम गरी बिक्रीयोग्य सामग्री लिलाम गरिने र खान अयोग्य वस्तु सम्बन्धित निकायका प्रतिनिधिको रोहवरमा नष्ट गरिने व्यवस्था रहेको बताउनुभयो ।


जिल्ला प्रहरी प्रमुख अशोक थापाका अनुसार प्रहरीको गस्ती, सवारीसाधन जाँच तथा प्राप्त सूचनाका आधारमा भेटिएका सबै प्रकारका अवैध सामग्री नियन्त्रणमा लिएर तत्काल भन्सार कार्यालयमा बुझाउने कार्यलाई कडाइका साथ निरन्तरता दिइएको छ ।


यसैबीच, बिरामी ओसार्ने एम्बुलेन्समा चिनियाँ चुरोट लुकाएर ओसारपसार गरिएको घटनामा आमाछोदिङ्मो गाउँपालिकाको एम्बुलेन्स चालकले गरेको र गैरकानुनी क्रियाकलाप गरेको भेटेपछि चालकलाई गत चैत ६ गते बेत्रावतीबाट रसुवा प्रहरीले पक्राउ गरेको थियो । कानुनी प्रक्रिया पूरा भएपछि चालकलाई धरौटीमा रिहा गरिएको गरी एम्बुलेन्स सम्बन्धित गाउँपालिकालाई फिर्ता बुझाइएको भन्सार कार्यालयले जनाएको छ ।


राजस्व चुहावट नियन्त्रण तथा अवैध आयात रोक्न सुरक्षा निकाय र भन्सार कार्यालयले संयुक्त अनुगमन तथा जाँचलाई थप प्रभावकारी बनाउँदै जाने भन्सार अधिकारीले बताएका छन् ।

Kakani Khabar add

सम्बन्धित खबर

नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक बहुमतले पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक’ बहुमतले पारित गरेको छ ।



बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोवि...

ढुङ्गाना र शाह 'उत्कृष्ट कर्मचारी'को रुपमा सम्मानित

बाघखोर । नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत उज्वल ढुङ्गानासोनुकुमार शाह उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित हुनुभएको छ । नगरपालिकाको दोश्रो अधिवेशनको आठौँ नगरसभाको अवसर बनाई पछिल्लो एक आर्थिक वर्षको अवधिमा...

त्रिविको प्रश्नपत्र ‘आउट’ गरेको आरोपमा २ जना पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन सङ्कायअन्तर्गत एमबीएस प्रथम सत्रको प्रश्नपत्र परीक्षा शुरू भएकाे केही मिनेटमा आउट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।


गएको शुक्रवार अर्थात् साउन ८ गते भएको ‘अर्गनाइजेशनल...

नेपालले स्कटल्यान्डलाई १९४ रनमा अलआउट गर्‍यो

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा स्कटल्यान्डले नेपाललाई १९५ रनको लक्ष्य दिएको छ ।


कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले ३९ ओभर १ बलमा १९४ रन बनाउँदा सबै विकेट गुमायो । स्कटल्या...

नेपाल टेलिकमको हराएको सिम अनलाइनबाटै पुनःप्राप्त गर्न सकिने

काठमाडौँ । नेपाल टेलिकमको हराएको वा बिग्रेको सिमकार्डको सट्टामा नयाँ सिम अनलाइनमार्फत प्राप्त गर्न सकिने सेवा सञ्चालनमा आएको छ ।


डिजिटल सेवा विस्तार, सेवा प्रवाहलाई सहज बनाउने र ग्राहकमैत्री प्रणाली विकास गर्ने उद्देश्यअनुसार यो स...

देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच सातबुँदे सहमति

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कमानागाछीमा साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच सातबुँदे सम्झौता भएको छ।


सम्झौताअनुसार सरकारले मृतकद्वयलाई शहीद घोषणा गर्न...