Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

तीन दिनसम्म देशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

Main News Image
Kakani Khabar add

काठमाडौँ । देशका विभिन्न भूभागमा आउँदो तीन दिनसम्म ठूलो पानी पर्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन सक्रिय रहँदा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।


महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । देशका अन्य हिमाली र पहाडी भू–भागका केही ठाउँमा  मध्यम वर्षाको सम्भावना छ ।  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही ठाउँमा तथा मधेश प्रदेश लगायत कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै ठाउँमा मेघगर्जन चट्याङ्ग सहित मध्यमसम्म वर्षा हुने महाशाखाको अनुमान छ ।


आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली, पहाडी तथा तराई भूभागका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । त्यस्तै, भोलि दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक/दुई ठाउँमा तथा राति कोशी प्रदेशका पहाडी तथा तराई भूभागका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई ठाउँमा ठूलो वर्षा हुने महाशाखाको अनुमान छ ।


पर्सि बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक/दुई ठाउँमा ठूलो वर्षा हुने महाशाखाले जनाएको छ । वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा खोलानालामा आकस्मिक बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न तथा नदी, खोला र जोखिमयुक्त भिरालो क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाको सुझाव छ ।

Kakani Khabar add

सम्बन्धित खबर

बाढीले क्षति पुगेको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तीव्र

रसुवा । गत वर्ष असार २४ मा ल्हेन्दे खोलामा आएको बाढीले क्षति पुर्याएको एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तथा मर्मत तीव्रगतिमा अगाडि बढाइएको छ ।


बाढीका कारण भोटेकोशी खोलास्थित बाँध संरचनामा क्षति प...

शिक्षामा लगाएको ३ प्रतिशत समता कर खारेजी गर्न ४ निजी शैक्षिक संस्थाको माग

काठमाडौँ । निजी विद्यालयका प्रमुख ४ छाता सङ्गठनले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत शिक्षामा लगाएको ३ प्रतिशत समता शिक्षा सेवा शुल्क खारेज गर्न माग गरेका छन् ।


प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले आज संयुक्त पत्रकार सम्मेलन गरी सम...

नुवाकोटको तारकेश्वरका ४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार प्रदान, शिक्षक र विद्यालय पनि सम्मानित

नुवाकोट । एसइई परीक्षामा ४ जिपिए ल्याउने तीन जना विद्यार्थीलाई तारकेश्वर गाउँपालिकाले जनही रु. ५० हजारसहित ‘गाउँपालिका अध्यक्ष प्रोत्साहन पुरस्कार’ प्रदान गरेको छ ।

सरकारले असार २९ देखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने

काठमाडौँ । सरकारले पर्सि असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने भएको छ । यसका लागि आवश्यक तयारी परराष्ट्र मन्त्रालय र विभागबाट अन्तिम चरणमा पुगेको छ ।


परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सहज...

हेटौँडा कपडा उद्योग फेरि सञ्चालनको तयारी

काठमाडौँ । सरकारले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादनको काम भइरहेको जानकारी गराएको छ ।


उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले हेटौँडा कपडा उद्योग सञ्चालनका लागि परीक्षण उ...

रास्वपाद्वारा रासायनिक मल वितरणको अनुगमन, कोटा वृद्धि गर्न पहल गर्ने प्रतिबद्धता

नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोट जिल्ला सभापति रामेश्वर गजुरेलसहितको टोलीले कृषि सामग्री कम्पनी लिमिटेड, नुवाकोट शाखा कार्यालय तथा मल गोदामको अनुगमन गर्दै मल वितरण प्रणाली प्रभावकारी बनाउन सुझाब दिएका छन् ।

मंगलबार दिउँ...