Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

तारकेश्वर अध्यक्ष अधिकारीको नविन योजना : ‘बुक फ्री डे’लाई सीप र संस्कारमूलक शिक्षासँग जोडिने

Main News Image
Kakani Khabar add

नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समिति संयोजक शिव अधिकारी ‘अविरल’को अध्यक्षतामा बिहीबार बसेको गाउँ शिक्षा समितिको बैठकले विद्यालय शिक्षामा गुणस्तर सुधार, सीप विकास र संस्कारमूलक शिक्षालाई प्रभावकारी बनाउने उद्देश्यसहित महत्वपूर्ण निर्णयहरू गरेको छ।


अध्यक्ष अधिकारीको परिकल्पना अनुसार बैठकले विद्यालयहरूमा प्रत्येक शुक्रबार सञ्चालन हुँदै आएको ‘बुक फ्री डे’ कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने निर्णय गरेको छ। 


शुक्रबारका दिन बिहान १०:०० बजेदेखि २:०० बजेसम्म ‘हेर्दै, गर्दै, पढ्दै, सिक्दै’ कार्यक्रमअन्तर्गत विद्यार्थीलाई दैनिक जीवनमा उपयोगी हुने विभिन्न सीपमूलक कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।


त्यसैगरी २:०० बजेदेखि ४:०० बजेसम्म संस्कृति, सभ्यता, नैतिक शिक्षा, आत्मविश्वास र आत्म-अनुशासन विकासमा केन्द्रित संस्कारमूलक कक्षा सञ्चालन गरिनेछ।


बैठकले गाउँपालिका अध्यक्ष अधिकारीले गत २०८३ साल वैशाख ३१ गते शैक्षिक सुधार तथा नतिजा सुधारका लागि गाउँपालिकाभित्रका ३४ वटा विद्यालयलाई जारी गर्नुभएको ७ बुँदे निर्देशन पूर्णरूपमा कार्यान्वयन गराउने निर्णयसमेत गरेको छ।


तारकेश्वर अध्यक्ष शिव अधिकारी 'अबिरल'ले दिनुभएको निर्देशनअनुसार:


* प्रत्येक विद्यालयले हरेक महिनाको अन्तिम सातामा शैक्षिक गतिविधि, शिक्षक–कर्मचारी तथा विद्यार्थीको सहभागिता र उपलब्धिसहितको मासिक प्रतिवेदन शिक्षा शाखामा अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

* प्रधानाध्यापक तथा शिक्षक–शिक्षिकाले अत्यावश्यक अवस्थाबाहेक बिदा लिन नपाउने तथा बिदा आवश्यक परे शिक्षा शाखाको अनुमति लिनुपर्नेछ।

* विषयगत शिक्षकहरूले सबै विद्यार्थीलाई उत्तीर्ण गराउने लक्ष्यका साथ आवश्यक परे अतिरिक्त समय दिएर समेत अध्यापन गर्नुपर्नेछ।

* विद्यालयको शैक्षिक सुधारका लागि प्रधानाध्यापकले कानुन र विधिअनुसार कडा कदम चाल्नुपर्नेछ। सुधारमा प्रभावकारी भूमिका निर्वाह गर्न नसके प्रधानाध्यापकलाई बर्खास्तसम्म गरिने उल्लेख छ।

* विद्यालय समयभित्र शिक्षक–शिक्षिकाले मेला, पर्व, भोजभतेर लगायतका व्यक्तिगत कार्यक्रममा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ।

* विद्यालय व्यवस्थापन समितिले नियमित अनुगमन गरी देखिएका कमजोरी तत्काल शिक्षा शाखामा जानकारी गराउनुपर्नेछ।

* प्रत्येक विद्यालयले मासिक रूपमा SEE लक्षित स्तरोन्नति परीक्षा (मिनी एक्जाम/बुस्टअप टेस्ट) सञ्चालन गरी नतिजाका आधारमा आगामी महिनाको कार्ययोजना तयार गर्नुपर्नेछ।

Kakani Khabar add

सम्बन्धित खबर

सामुदायिक विद्यालयबाट ४ जिपिए ल्याउने विद्यार्थीलाई तारकेश्वर गाउँपालिकाको १ लाख पुरस्कार घोषणा

नुवाकोट । तारकेश्वर गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘गाउँपालिका अध्यक्ष प्रोत्साहन पुरस्कार’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।


गाउँपालिकाले यसै वर्षदेखि लागू हुन...

संसदीय दलको नेता छान्न कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ । संसदीय दलको नेता चयनका विषयमा छलफल गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक आज सिंहदरबारस्थित दलको कार्यालयमा बस्दैछ। 


कांग्रेसका नेताहरुका अनुसार संसदीय दलको नेता सर्वसम्मतिबाट चयन गर्ने तयारी छ। गत फागुन २१ गते...

युनाइटेड युथ क्लबको अध्यक्षमा पुनः अच्युतराज महन्त गिरी चयन

बट्टार । नुवाकोटको खेलकुद तथा सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएको युनाइटेड युथ क्लब को अध्यक्षमा पुनः अच्युतराज महन्त गिरी चयन हुनुभएको छ ।

क्लबको ३७औँ साधारणसभा तथा अधिवेशनले वर्तमान अध्यक्ष गि...

कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई पार्टी संसदीय दलको नेता बनाउने सर्वसम्मत निर्णय गरेको छ ।


पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा आज बसेको बैठकमा सभापति गगनकुमार थापाको...

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौँ । पशुसेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ । विभागले विभिन्न प्रयोगशालामार्फत नियमित नमूना परीक्षण गरी निगरानी बढाएको हो ।


...

विपदमा प्रयोग गर्न २ वटा हेलिकप्टर तयारी अवस्थामा राखिने

काठमार्डौँ । गृहमन्त्री सुधन गुरुङले विपदमा प्रयोग गर्न दुई वटा हेलिकप्टर तयारी अवस्थामा राखिने बताउनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आज भएको छलफलमा गृहमन्त्री गुरुङले विपदमा परेका नागरिकको तत्कालै उद्धार गर्न दुई वटा हेलिकप्टर...