Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

तारकेश्वर गाउँपालिकाको सबै वडामा ‘अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम’ सम्पन्न

Main News Image
Kakani Khabar add

नुवाकोट । तारकेश्वर गाउँपालिकाले सोमबारदेखि सुरु गरेको आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) वितरण, निःशुल्क स्वास्थ्य परीक्षण, औषधी तथा परामर्शसहितको ‘गाउँपालिका अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम’ शुक्रबार सम्पन्न भएको छ । 


गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ ले कार्यक्रमलाई चुस्त, प्रभावकारी र जनगुनासो नआउने गरी सञ्चालन गर्न पञ्जीकरण शाखा र स्वास्थ्य शाखालाई निर्देशन दिनुभएको थियो । 


समयमै भत्ता वितरण नहुने तथा ज्येष्ठ नागरिकहरूले झन्झट बेहोर्नुपर्ने समस्याको अन्त्य गर्दै अध्यक्ष अधिकारी निर्वाचित भएलगत्तै हरेक ३/३ महिनामा वडा–वडामा पुगेर निःशुल्क स्वास्थ्य परीक्षण, औषधी वितरण, स्वास्थ्य परामर्शसँगै वृद्धभत्ता वितरण गर्ने अभ्यासस्वरूप यो कार्यक्रम सुरु गरिएको हो । 


महिला, युवा तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी गाउँपालिकाले सञ्चालन गरेका विभिन्न कार्यक्रममध्ये यो कार्यक्रम लोकप्रिय बन्दै गएको बताइएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार : दुई जनालाई साधारण तारेखमा रिहा गर्न आदेश

पोखरा विमानस्थल भ्रष्टाचार : दुई जनालाई साधारण तारेखमा रिहा गर्न आदेशपोखरा विमानस्थल भ्रष्टाचार : दुई जनालाई साधारण तारेखमा रिहा गर्न आदेशपोखरा विमानस्थल भ्रष्टाचार : दुई जनालाई साधारण तारेखमा रिहा गर्न आदेशपोखरा विमानस्थल भ्रष्टाचार : दुई जनालाई...

सामुदायिक विद्यालयबाट ४ जिपिए ल्याउने विद्यार्थीलाई तारकेश्वर गाउँपालिकाको १ लाख पुरस्कार घोषणा

नुवाकोट । तारकेश्वर गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘गाउँपालिका अध्यक्ष प्रोत्साहन पुरस्कार’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।


गाउँपालिकाले यसै वर्षदेखि लागू हुन...

नेशनल लघुवित्तबाट बाढी प्रभावित सदस्यलाई करिब ५० लाख नगद राहत

नुवाकोट । भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रत्यक्ष प्रभावित भएका आफ्ना सदस्यहरूलाई नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले करिब ५० लाख रुपैयाँ बराबरको नगद राहत उपलब्ध गराउन थालेको छ । बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका सदस्यहरूक...

आज सुनको भाउ तोलामै ८ हजार रुपैयाँले बढ्यो

काठमाडौँ । आज सुनको भाउ बढेको छ । सुन तोलामा आठ हजार रुपैयाँले बढेर दुई लाख ९६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 


हिजो पनि सुन तोलामा चार हजार २०० रुपैयाँले बढेर दुई लाख ८८ हजार रुपैय...

सञ्चारमन्त्री डा तिमिल्सिनाबाट पहिरोसहित जोखिम बस्तीको अवलोकन

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले आज नुवाकोटको विभिन्न स्थानमा रहेका पहिरो र त्यसका कारण जोखिममा परेका बस्तीको अवलोकन गर्नुभएको छ । 

अवलोकनपश्चात...

आईसीसी महिला च्यालेन्ज ट्रफीका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ । रुवान्डामा हुने आईसीसी महिला च्यालेन्ज ट्रफीका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रतियोगिताका लागि प्रारम्भिक चरणमा आज २९ सदस्यीय खेलाडी घोषणा गरेको हो ।


छनोट हुने खेलाडीहरूमा वि...