Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

तारकेश्वरका स्वास्थ्य र शिक्षण संस्था आइतबार बन्द नहुने

Main News Image
Kakani Khabar add

नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलको निर्देशन अनुरूप तारकेश्वर गाउँपालिकाभित्रका सबै स्वास्थ्य केन्द्रहरू आज आइतबार खुला रहेका छन् ।


संघीय सरकारले सातामा दुई दिन सार्वजनिक विदा दिने नीति अख्तियार गरे लगत्तै गाउँपालिका अध्यक्ष अधिकारीले स्वास्थ्य र शिक्षा क्षेत्रबाहेक गाउँपालिकाभित्रका अन्य सबै कार्यालयहरूको हकमा संघीय सरकारको नीति अनुरुप नै सातामा दुई दिन बिदा गर्न तर स्वास्थ्य र शिक्षा क्षेत्रमा भने सातामा एक दिन शनिबार मात्रै बिदा गर्न सम्बन्धित शाखा तथा स्वास्थ्य केन्द्रहरू र विद्यालयहरूलाई निर्देशन दिनुभएको थियो । 


स्वास्थ्य सेवा अत्यावश्यकीय सेवा अन्तर्गत पर्ने र सातामा दुई दिन स्वास्थ्य सेवा बन्द हुँदा आम नागरिकले पाउने स्वास्थ्य सेवामा गम्भीर असर पर्ने भएकाले स्वास्थ्य केन्द्रहरूलाई पूर्ववत रूपमा साताको एक दिन मात्रै सेवा बन्द गर्न निर्देशन दिएको अध्यक्ष अधिकारीले बताउनुभएको छ । 


त्यस्तै, विद्यालयहरूका हकमा यसपटकको शैक्षिक सत्रको पठनपाठन वैशाख २१ गतेपछि मात्रै सुरु हुने हुँदा यसै पनि दुई साताको समय कम हुने र त्यसमाथि सातामा दुई दिन विद्यालय बन्द गर्दा बालबालिकाको अपेक्षित शैक्षिक उपलब्धि हासिल गर्न कठिनाइ हुने भएकाले भएकाले बालबालिकाको भविष्यप्रति गम्भीर हुँदै संघीय सरकारको पछिल्लो नीतिको कार्यान्वयनबाट पुग्न जाने शैक्षिक क्षतिको परिपूरणका लागि संघीय सरकारले स्पष्ट र विस्तृत कार्य योजना ल्याएको खण्डमा सोहीअनुसार गर्ने अन्यथा अहिलेकै अवस्थामा भने सातामा दुई दिन विद्यालय बन्द गर्न उपयुक्त नहुने निष्कर्ष सहित पूर्ववत रूपमै आइतबार विद्यालय सञ्चालन गर्न निर्देशन दिइएको अध्यक्ष अधिकारीले बताउनुभएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

बाढीपहिरोका जोखिममा भएका जनताको सुरक्षा, उद्धार र उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले देशभर अविरल वर्षाका कारण बाढीपहिरोले जनधनको क्षति पुर्याएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै विपद् व्यवस्थापनको पूर्वतयारीलाई प्रभावकारी बनाउन माग गर्नुभयो ।


सांसदहरूले बाढीपहिरोब...

खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह

काठमाडौँ । सङ्घीय सरकारले स्थानीय तहलाई खाद्य निरीक्षकको व्यवस्था गरी खाद्य स्वच्छता र गुणस्तरको प्रभावकारी नियमन गर्न आग्रह गरेको छ ।


‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ ले स्थानीय तहमा खाद्य निरीक्षक नियुक्त गरी आफ्नो क्षे...

आज मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । 


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (ब...

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

काठमाडौँ । एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ । 


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार ११ ह...

किसानलाई तत्काल दूधको बाँकी भुक्तानी गर्न सर्वोच्चको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले किसानलाई दूधको बाँकी भुक्तानी तत्काल दिन सरकारका नाममा परमादेश जारी गरेको छ ।


२०८१ पुसमा फैसला भए पनि त्यसको पूर्ण पाठ हालै सार्वजनिक भएको हो । न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले क...

सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले विभिन्न ठाउँबाट नियन्त्रणमा लिएका ७ सय ७९ वटा विद्युतीय गाडीको सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष निर्देशनमा अर्थ मन्त्रालय, भन्सार विभा...