Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

तारकेश्वरका शैक्षिक सँस्था आइतबार पनि खुल्ने, बैशाख २ देखि विद्यालय सुचारु हुने

Main News Image
Kakani Khabar add

नुवाकोट । तारकेश्वर गाउँपालिकामा रहेका शैक्षिक सँस्थाहरु आइतबार पनि पूर्ववत रुपमा सञ्चालन हुने भएको छ ।

तारकेश्वर गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समिति संयोजक शिव अधिकारी (अविरल)ले गाउँपालिकाभित्रका शैक्षिक संस्थाहरूलाई आज चार बुँदे निर्देशन दिदै इन्धन अभावको कारण देखाई संघीय सरकारले आइतबार पनि सार्वजनिक बिदा दिएको सन्दर्भमा 'इन्धन अभावको प्रभाव प्रत्यक्ष नपर्ने' विश्लेषण सहित तारकेश्वर गाउँपालिका भित्रका विद्यालयहरु आइतबार पनि सञ्चालन गर्न भनिएको हो ।

अध्यक्ष अधिकारीले दिएको निर्देशन अनुसार संघीय सरकारले भर्ना अभियान र पठनपाठन सञ्चालनको लागी तोकिएको मिति बैशाख २१ भएपनि तारकेश्वरमा बैशाख २ गतेदेखि विद्यालय सुरु गर्न भनिएको छ । बैशाख २ मा नै विद्यालय सुचारु गर्ने भएपनि अध्यापन नभई अतिरिक्त गतिविधिहरु सञ्चालन गर्नको लागी अध्यक्ष अधिकारीले निर्देशन दिनुभएको हो ।

वैशाख २ गतेदेखि १५ गतेसम्म गाउँपालिकाभित्रका सबै विद्यालयले विद्यार्थीहरूका लागि यसअघि महिनामा एक दिन सञ्चालन हुँदै आएको 'बुक फ्री डे' मा सञ्चालन हुने कार्यक्रमहरूका साथै अतिरिक्त क्रियाकलापहरू, मनोरञ्जन र मनोपरामर्शका कार्यक्रमहरू, सीप विकासका कार्यक्रमहरू र योग ध्यानका कार्यक्रमहरू सञ्चालन अध्यक्ष अधिकारीले दिएको निर्देशनमा भनिएको छ ।

नयाँ शैक्षिक सत्रको वार्षिक शैक्षिक कार्यक्रमसहितको शैक्षिक क्यालेण्डर तयार भइसकेको अवस्थामा संघीय सरकारबाट सातामा दुई दिन बिदा दिने र वैशाख २१ गतेपछि मात्रै कक्षा सञ्चालन गर्ने नीति अख्तियार भएको सन्दर्भमा तारकेश्वर गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समिति संयोजक शिव अधिकारी (अविरल)ले गाउँपालिकाभित्रका शैक्षिक संस्थाहरूका लागि निम्नलिखित बुँदाहरूमा निर्देशन दिनुभएको हो । अध्यक्ष अधिकारीले दिनुभएको चार बुँदे निर्णयहरु निम्न अनुसार रहेको छ ।

१. पूर्वनिर्धारित तालिका अनुसार वैशाख २ गतेदेखि भर्ना कार्यक्रम सञ्चालन हुनुपर्नेमा संघीय सरकारको नीति अनुरुप वैशाख १५ गतेपछि मात्रै भर्ना कार्यक्रम सञ्चालन हुने भएकाले वैशाख २ गतेदेखि १५ गतेसम्म गाउँपालिकाभित्रका सबै विद्यालयले विद्यार्थीहरूका लागि यसअघि महिनामा एक दिन सञ्चालन हुँदै आएको 'बुक फ्री डे'मा सञ्चालन हुने कार्यक्रमहरूका साथै अतिरिक्त क्रियाकलापहरू, मनोरञ्जन र मनोपरामर्शका कार्यक्रमहरू, सीप विकासका कार्यक्रमहरू र योग ध्यानका कार्यक्रमहरू सञ्चालन गर्ने ।

२. सोही अवधिका बीचमा नयाँ शैक्षिक सत्रका लागि कार्ययोजना निर्माण गर्ने र प्रभावकारी शिक्षण क्रियाकलापका लागि शिक्षकहरू बीच सामूहिक छलफल र शैक्षणिक सीपको आदानप्रदानका कार्यक्रमहरू सञ्चालन गर्ने ।
 
३. वैशाख १५ गतेदेखि २१ गतेसम्म भर्ना कार्यक्रम र वैशाख २१ गतेदेखि नियमित पठनपाठन सुरु गर्ने ।
 
४. अहिलेकै अवस्थामा सातामा दुई दिन शिक्षण संस्था बन्द गर्दा विद्यार्थीहरूको पठनपाठनका लागि आवश्यक समय अपुग हुने देखिएकाले र संघीय सरकारको सातामा दुई दिन बिदा दिने निर्णयका पछाडि इन्धनको बचत पहिलो उद्देश्यका रुपमा देखिएको र गाउँपालिकाभित्र शिक्षण संस्था सञ्चालन हुँदा इन्धनको खपतमा थपिने भार नगन्य रहने भएकाले संघीय सरकारबाट नयाँ शैक्षिक कार्ययोजना सहित विस्तृत योजना आएको खण्डमा सोही अनुसार गर्ने तर यही अवस्थामा भने नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्न ढिला भएको १५ दिन र त्यसमाथि सातामा दुई दिन विद्यालय बन्द गर्दा विद्यार्थीहरूको शैक्षिक सिकाइ उपलब्धिमा गम्भीर क्षति पुग्ने देखिएकाले विद्यार्थीहरूको भविष्यप्रति जिम्मेवार हुँदै साताको एक दिन शनिबार मात्रै विद्यालय बन्द गर्ने । आइतबार भने विगतमा झैँ विद्यालय सञ्चालन गर्ने ।
 
 
यसैबीच, तारकेश्वर गाउँपालिकाको विद्यालयहरू बाहेक गाउँपालिकाभित्रका अन्य कार्यालयहरूको हकमा भने संघीय सरकारको नीति अनुरुप नै सातामा दुई दिन कार्यालय बन्द रहने र अन्य दिन बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म कार्यालय सञ्चालन गर्ने अध्यक्ष अधिकारीले स्पष्ट पार्नुभयो ।
अध्यक्ष अधिकारीले यह बैशाख २ गतेदेखि नै पठनपाठन सुरु गर्न र आइतबार पनि विद्यालय सुचारु गराउन दिएको निर्देशन पूर्णतः कार्यान्वयन गर्न तथा गराउन गाउँपालिका शिक्षा शाखा र गाउँपालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापकलाई र सो अनुसार भए नभएको यकिन गर्न नियमित रूपमा विद्यालयहरूको अनुगमन गर्न गाउँ प्रहरीलाई निर्देशन दिइएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा फेला परेका शवमध्ये हालसम्म २८० शवको ‘फरेन्सिक’ परीक्षण तथा ‘डिएनए’ नमूना सङ्कलन गरी चितवनको देवघाटस्थित व्यवस्थापन स्थलमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ ।...

जलविद्युत आयोजनाका सुरुङमा खोज तथा उद्धारको प्रयास चल्दै

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण नुवाकोट र रसुवाका जलविद्युत आयोजनामा सयौँ मान्छे फसेको आशंकामा खोज तथा उद्धारको प्रयास भइरहेको छ ।


नेपाली सेना र विभिन्न देशका विज्ञसहितको टोलीले उद्धारको काम गरिरहे पनि अझै सफल हुन स...

दोलखाको यलुङ री हिमालको आधार शिविरमा ५ वटा शव भेटिए

काठमाडौँ । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ मा पर्ने रोल्वालिङ हिमशृङ्खलाअन्तर्गत यलुङ री हिमालको आधार शिविरमा ५ वटा शव भेटिएका छन् । आधार शिविरमा हिजो शव भेटिएका हुन् ।


जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार ती शव गएको वर्ष कात्तिक...

कलेरीडाँडामा सीप सिकाइ केन्द्र उद्घाटन, आमा समूहलाई चार लाख सहयोग

नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी 'अविरल' ले वडा नम्बर ५ स्थित कलेरीडाँडामा निर्माण सम्पन्न भएको गाउँपालिका स्तरीय सीप सिकाइ केन्द्रको उद्घाटन गर्नुभएको छ ।

विश्वकप फुटबलमा आज राति फ्रान्स र स्पेन खेल्दै

काठमाडौँ । विश्वकप फुटबलमा आज रातिदेखि सेमिफाइनलका खेल शुरु हुँदैछ । 


फिफा वरियताका शीर्ष चार देश सेमिफाइनलमा पुगेका छन् । आज राति पहिलो सेमिफाइनल खेलमा फ्रान्स र स्पेनले खेल्दैछन् । फ्रान्स र स्पेनबीचको खेल मध्यराति पौने १ ब...

हेटौँडा कपडा उद्योग फेरि सञ्चालनको तयारी

काठमाडौँ । सरकारले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादनको काम भइरहेको जानकारी गराएको छ ।


उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले हेटौँडा कपडा उद्योग सञ्चालनका लागि परीक्षण उ...