Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

तारकेश्वरमा ५० लाखको धानबाली क्षतिपूर्ति कोषका लागि बजेट विनियोजन

Main News Image
Kakani Khabar add

नुवाकोट । गत कार्तिक महिनामा भएको अविरल वर्षाका कारण धानबालीमा क्षति बेहोरेका कृषकलाई राहत उपलब्ध गराउन तारकेश्वर गाउँपालिकाले स्थापना गरेको रु. ५० लाखको धानबाली क्षतिपूर्ति कोषका लागि आवश्यक बजेट विनियोजन गरेको छ ।


गाउँपालिकाको गत पुस १६ गते बसेको गाउँ कार्यपालिका बैठकले ५० लाख रुपैयाँको धानबाली क्षतिपूर्ति कोष स्थापना गर्ने, तत्काल १० लाख रुपैयाँ कोषमा जम्मा गर्ने तथा बाँकी ४० लाख रुपैयाँ आगामी बजेटमार्फत व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।


गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ ले संकलित क्षतिको विवरणका आधारमा आगामी कात्तिक महिनाभित्र सबै प्रभावित किसानलाई क्षतिपूर्ति रकम उपलब्ध गराउने गरी आवश्यक प्रक्रिया अगाडि बढाउन कृषि शाखालाई निर्देशन दिनुभएको छ ।


गत कात्तिक ११ देखि १५ गतेसम्म परेको लगातारको वर्षाले खेतमै काटेर राखिएको धानबालीमा व्यापक क्षति पुगेको थियो । वर्षा रोकिएलगत्तै अध्यक्ष अधिकारीको निर्देशनमा गाउँपालिकाका प्राविधिक टोलीले सबै वडाका धान खेती हुने क्षेत्रको स्थलगत अनुगमन गरी क्षतिको यथार्थ विवरण संकलन गरेको थियो ।


वडा अध्यक्षहरू र प्राविधिक टोलीको समन्वयमा गरिएको अनुगमनबाट प्राप्त विवरणअनुसार करिब ७०० परिवारका किसान प्रभावित भएका छन् । गाउँपालिकाले सोही विवरणका आधारमा प्रभावित कृषकलाई यथोचित क्षतिपूर्ति उपलब्ध गराउने जनाएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

स्कटल्यान्डलाई हराउँदै नेपाल लिग–२ को पाँचौँ स्थानमा उक्लियो

रोल्पाको थवाङमा जीप दुर्घटना हुँदा १७ जनाको मृत्यु

काठमाडौँ । रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।


रुकुम पूर्वबाट जलजलामा मेला भर्न गएका यात्रुहरू चढेको लु१ज ४१६७ नम्बरको जीप रोल्पाको थवाङ गाउँपालिका–१ को जलजला जाने बाटोमा दुर्घटना हुँदा १७ जन...

लिखु गाँउपालिकाको आर्थिक वर्ष २०८२/८३ को सार्वजनिक सुनुवाई सम्पन्न

नुवाकोट । लिखु गाँउपालिकाको कार्यालय र यस अन्तरगतका वडा कार्यालयहरुबाट चालु आर्थिक वर्ष २०८२/८३ मा सम्पादित क्रियाकलाप, नागरिकहरुलाई प्रदान गरिएको सेवा, सुविधा लगायत लिखु गाँउपालिकाको समग्र विकास निर्माणको सम्बन्धमा जानकारी दिने र नागरिकहरु...

मध्यपूर्वको महासंग्राम : ७५ वर्ष दुस्मनीदेखि ‘अपरेसन शिल्ड अफ जुडा’सम्म

अपरेसन शिल्ड अफ जुडा’ पछि यदि इरानका तेल भण्डारहरूमा क्षति पुग्यो भने विश्व बजारमा तेलको अभाव भई मूल्य आकाशिन सक्छ। यसले अमेरिका र इजरायलले इरानको तेल उत्पादन क्षमतालाई नष्ट गर्ने कि केवल सैन्य अखडामा सीमित रहने भन्नेमा गम्भीर रणनीतिक दबाब महसुस ग...

तारकेश्वरका किसानलाई हाते ट्याक्टर प्रदान

नुवाकोट । तारकेश्वर गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम आलु बालीको नयाँ पकेट क्षेत्र विकास कार्यक्रम अन्तर्गत किसानलाई ३ दिने स्थलगत तालिम सहित कृषि सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।

ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । जिल्ला अदालत काठमाण्डौले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको छ ।


न्यायाधीश आनन्दप्रसाद...