Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

त्रिशूली–३ ‘ए’ सुरुङबाट एउटा शव निकालियो

Main News Image
Kakani Khabar add

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट एउटा शव निकालिएको उद्धारकर्मीले बताएका छन् । उद्धार टोलीले सुरुङबाट निकालेको शवकाे पहिचान हुन बाँकी रहेको छ ।


यसअघि यो आयोजनाको सुरुङबाट आज बिहान नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल विद्युत् प्राधिकरणको टोलीले सप्तरीका सञ्जय साह र काठमाण्डौका कबिर महर्जनलाई जीवितै उद्धार गरेको थियो ।


माथिल्लो त्रिशूली ३ ‘ए’ आयाेजनाकाे सुरुङभित्र ४२ जना इन्जिनियर तथा कर्मचारी फसेका हुन सक्ने नेपाल विद्युत् प्राधिकरणको अनुमान छ । आयोजनाको भूमिगत विद्युत् गृह क्षेत्रमा खोजी तथा उद्धार अभियान चलिरहेको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

लिखुमा एकैसाथ १६ विधाका सिपमूलक तालिम सुरु, ५०० भन्दाबढीको सहभागिता

चौघडा । नुवाकोटको लिखु गाउँपालिका मा महिला लक्षित सिपमूलक कार्यक्रम अन्तर्गत एकैसाथ १६ वटा विभिन्न विधाका सिपमूलक तालिम सुरु गरिएको छ ।

राष्ट्रिय योजना आयोगको विशेष अनुदान अन्तर्गत गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालनमा ल्याइएको उक्त तालिम का...

नागढुङ्गा–नौबिसे सुरुङ मार्ग साउनको तेस्रो हप्तादेखि सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ । नेपालको पहिलो व्यावसायिक सुरुङ मार्ग ‘नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग’ आउँदो साउनदेखि सञ्चालन गर्ने तयारी भइरहेको छ । 


नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार साउनको तेस्रो हप्तासम्म...

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गएको आर्थिक वर्ष २०८२/८३ मा १२ लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । 


नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार एक वर्षमा १२ लाख ९ हजार ३५७ जना विदेशी पर्यटक हवाइ मार्गबाट नेपाल भित्रिएका हुन् । यो संख्या...

अध्यक्ष ओली पक्राउको विषयमा कानुनी तथा राजनीतिक प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौँ । नेकपा एमालेले पूर्व प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली पक्राउको विषयमा कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । 


आज पार्टी कार्यालय च्यासल ललितपुरमा बसेको सचिवालय बैठकले अध्यक्ष ओलील...

पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा

काठमाडौँ ।  पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले पक्राउ गरी २ नं गण महाराजगञ्जमा राखेको छ । उहाँलाई आज बिहान भक्तपुरको कटुञ्जेमा रहेको उहाँकै निवासबाट पक्राउ गरिएको थियो ।


नेता लेखकलाई २ नं ग...

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

रसुवा । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा रु १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन गरेको छ ।


गत वर्ष ल्हेन्दे खोलामा आएको बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएपछि लामो समय आवतजावत ठप्प हुँदा निर्धारित लक्ष्यको क...