Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

दुई दिन उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

Main News Image
Kakani Khabar add

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि दुई दिन देशका विभिन्न क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ ।


मौसम पूर्वानुमान महाशाखाको अत्यधिक वर्षाको पूर्वानुमानअनुसार आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव र कटानको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन प्राधिकरणले सबैमा आग्रह गरेको हो । प्राधिकरणले अत्यावश्यक कामबाहेक रातिको समयमा यात्रा नगर्न तथा जोखिमयुक्त जिल्लामा रातमा आवागमन रोक्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।


 विशेषगरी पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा जिल्लामा रातिको समयमा गाडी सञ्चालनमा विशेष सावधानी अपनाउन भनिएको छ ।


प्राधिकरणका प्रवक्ता शान्ति महतले तीनवटै सुरक्षा निकाय, स्थानीय तह तथा स्वयंसेवकलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन, जोखिमयुक्त राजमार्ग तथा सडकखण्डमा डोजर, एक्साभेटर, लोडरलगायत उपकरण तयारी अवस्थामा राख्न तथा पूर्वसूचनाका आधारमा जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरोकार भएका निकायलाई आग्रह गर्नुभयो ।


प्राधिकरणले नदी तथा खोलाको तटीय क्षेत्र, पहिरोको जोखिम भएका स्थान र खोला किनारका बस्तीका बासिन्दालाई विशेष सतर्क रहन अनुरोध गर्दै विपद्सम्बन्धी सूचना तथा आपत्कालीन सहयोगका लागि सम्बन्धित निकायका हटलाइन सेवाको उपयोग गर्न आग्रह गरेको छ ।


साथै जल तथा मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने अद्यावधिक पूर्वानुमान तथा चेतावनी नियमित रूपमा पालना गर्न पनि अनुरोध गरेको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

किम्ताङमा बाली स्वास्थ्य शिविर, किसानलाई निःशुल्क प्राविधिक परामर्श

नुवाकोट । किसानका खेतबारी तथा कृषि फर्ममा देखिएका रोग, किरा तथा अन्य समस्याको पहिचान गरी समाधानका उपायबारे प्रत्यक्ष प्राविधिक परामर्श दिने उद्देश्यले म्यागङ गाउँपालिका–४ किम्ताङमा एकदिने बाली स्वास्थ्य शिविर तथा बिरुवा जाँच कार्यक्रम सम्पन्न भएको...

नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी

काठमाडौँ । नेपाल औषधि लिमिटेड २५ वर्षपछि फेरि नाफामा फर्किएको छ । आर्थिक वर्ष २०८१/८२ मा १० करोड रुपैयाँभन्दा बढी घाटामा रहेको संस्था आर्थिक वर्ष २०८२/८३ मा भने झण्डै ३ करोड रुपैयाँ नाफा कमाउन सफल भएको हो ।


संस्थाका महाप्रबन्धक कै...

बागमतीका मुख्यमन्त्री थापामगरले आज विश्वासको मत लिँदै

काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मत लिन लाग्नुभएको हो ।...

नागढुङ्गा-सिस्ने खोला सुरुङमार्गको औपचारिक उद्घाटन

काठमाडौँ । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको आज औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तानाका अकिहिको तथा नेपालका लागि जापानी राजदूत माएदा तोरुले संयुक्त रूपमा सुरु...

नुवाकोटको तारकेश्वरका ४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार प्रदान, शिक्षक र विद्यालय पनि सम्मानित

नुवाकोट । एसइई परीक्षामा ४ जिपिए ल्याउने तीन जना विद्यार्थीलाई तारकेश्वर गाउँपालिकाले जनही रु. ५० हजारसहित ‘गाउँपालिका अध्यक्ष प्रोत्साहन पुरस्कार’ प्रदान गरेको छ ।

सिभिल अस्पतालमा औषधि खरिदमा भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । काठमाण्डौको मीनभवनमा रहेको निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा औषधि खरिदमा भ्रष्टाचार भएको भन्दै ८ जनाविरुद्ध मुद्दा दायर भएको छ ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ करोड ९१ लाख २४ हजार ५४७ रुपैयाँ बिगो मा...