Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

दोलखाको यलुङ री हिमालको आधार शिविरमा ५ वटा शव भेटिए

Main News Image
Kakani Khabar add

काठमाडौँ । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ मा पर्ने रोल्वालिङ हिमशृङ्खलाअन्तर्गत यलुङ री हिमालको आधार शिविरमा ५ वटा शव भेटिएका छन् । आधार शिविरमा हिजो शव भेटिएका हुन् ।


जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार ती शव गएको वर्ष कात्तिक १७ गते यलुङ री आरोहणका क्रममा हिमपहिरोमा परेकाहरूको हुन सक्ने प्रारम्भिक अनुमान छ । भेटिएका शव लिन आज बिहान आधार शिविरमा हेलिकप्टर पुगेको तर मौसम खराब हुँदा अवतरण हुन नसकेर फर्केको प्रहरीको भनाइ छ ।


यलुङ रीमा भेटिएका शवको पहिचान भने खुल्न सकेको छैन । गएको कात्तिक १७ गते आरोहणका क्रममा हिम पहिरोमा ५ विदेशीसहित २ जना नेपाली सम्पर्कविहिन भएका थिए ।


त्यस बेला २ जनाको मात्रै शव भेटिएको थियो । सोलुखुम्बुका मेरे कार्की र दोलखाका पदम तामाङको शव भेटिएकोमा इटालीका २, क्यानडा, फ्रान्स र जर्मनीका १/१ गरी ५ जनाको शव भेटिएको थिएन ।


अहिले भेटिएका सबै शव मौसम अनुकूल हुनेबित्तिकै जिल्ला सदरमुकाम चरिकोट ल्याउने प्रहरीले जनाएको छ ।


यलुङ री रोल्वालिङ हिमशृङ्खलाको ५ हजार ६३० मिटर उचाइमा रहेको प्रसिद्ध हिमाल हो ।

Kakani Khabar add

सम्बन्धित खबर

तारकेश्वर गाउँपालिकाको सबै वडामा ‘अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम’ सम्पन्न

नुवाकोट । तारकेश्वर गाउँपालिकाले सोमबारदेखि सुरु गरेको आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) वितरण, निःशुल्क स्वास्थ्य परीक्षण, औषधी तथा परामर्शसहितको ‘गाउँपालिका अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम’ शुक्रबार...

मदन पुरस्कारका लागि छानिएका १० वटा कृतिको सूची सार्वजनिक

काठमाडौँ । ‘मदन पुरस्कार २०८२’ का लागि छनोटमा परेका पुस्तकको ‘श्रेष्ठ सूची’ सार्वजनिक भएको छ । मदन पुरस्कार गुठीले आज १० वटा पुस्तकको सूची सार्वजनिक गरेको हो ।


२०८२ को मदन पुरस्कारका लागि प्राप्त भएका २९८ पुस्तकमध्ये गुठीले १० वटा...

मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलिदेखि पुनः शुरू हुँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलिदेखि पुनः सञ्चालन गर्दैछ । आयोगको यही चैत १८ गतेको बैठकले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः थाल्ने निर्णय गरेको हो ।


राष्ट्रिय परिचय...

सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खसेपछि सडक अवरुद्ध छ ।


चितवनको इच्छाकामना गाउँपालिका–७ मा आज बिहान पौने ९ बजे पहिरो खसेको हो । डिभिजन सडक कार्यालय भरतपुरका अनुसार पहिरो ठूलो भएकाले दुईतर्फी नै गाडी बन्द छ...

पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा लिखित जवाफ माग

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वमन्त्री दीपक खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा लिखित जवाफ मागेको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले राजस्व अनुसन्धान विभाग र ललितपुर जिल्ला अदालतबाट पक्राउ गर्नुको कारणसहित लिखित जवाफ मा...

कक्षा १२ को नतिजा सार्वजनिक स् नियमिततर्फ झण्डै ७० प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौँ ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । 


आज बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो । बोर्डका अनुसार नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस पटक नियमिततर्फ ३ लाख...