Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

दूरसञ्चार प्राधिकरणमा घिमिरे र प्रेस काउन्सिलमा श्रेष्ठ नियुक्त

Main News Image
Kakani Khabar add

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को यही असार २४ गतेको निर्णयअनुसार उहाँहरू नियुक्त हुनुभएकाे हो ।


नवनियुक्त अध्यक्षद्वयले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गर्नुभएको छ ।


दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष घिमिरेले आजै पद तथा गोपनीयताको शपथसमेत लिनुभएको छ ।


नियुक्तपत्र प्रदान गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भई जिम्मेवारीमा आउनुभएका दुवै संस्थाका नवनियुक्त अध्यक्षहरूलाई परिणाममुखी काम गर्न निर्देशन दिनुभयो ।


प्रेस काउन्सिलका नवनियुक्त अध्यक्ष श्रेष्ठले सञ्चारमाध्यमको स्वरूप परिवर्तन भइसके पनि प्रेस काउन्सिलसम्बन्धी कानून पुरानो भइसकेको उल्लेख गर्दै त्यसलाई समयानुकूल परिमार्जन गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।


त्यसैगरी दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष घिमिरेले दूरसञ्चार क्षेत्रका विद्यमान कमीकमजोरी हटाउँदै समस्या समाधानमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Kakani Khabar add

सम्बन्धित खबर

लिखु गाँउपालिकाको आर्थिक वर्ष २०८२/८३ को सार्वजनिक सुनुवाई सम्पन्न

नुवाकोट । लिखु गाँउपालिकाको कार्यालय र यस अन्तरगतका वडा कार्यालयहरुबाट चालु आर्थिक वर्ष २०८२/८३ मा सम्पादित क्रियाकलाप, नागरिकहरुलाई प्रदान गरिएको सेवा, सुविधा लगायत लिखु गाँउपालिकाको समग्र विकास निर्माणको सम्बन्धमा जानकारी दिने र नागरिकहरु...

आज पनि सुनचाँदीको भाउ बढ्यो

काठमाडौँ । कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाउ तोलामा ३ हजार ३०० रुपैयाँले बढेको छ । आज सुन ३ लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ ९ हजार ३०० रुपैयाँले बढेको थियो ।

कक्षा १२ को मौका परीक्षा साउन २ र ३ गते

भारतीय अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा निधन

काठमाडौँ । भारतीय चर्चित अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा निधन भएको छ ।


रक्त क्यान्सर बल्झिएपछि मुम्बईमा उपचाररत रावतको हिजो निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । चार दशकभन्दा लामो अभिनय यात्रामा रावतले हिन्दी, तेलुग...

सशस्त्र प्रहरीको महानिरीक्षकमा नारायणदत्त पौडेल नियुक्त

काठमाडौँ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेल महानिरीक्षक (आईजीपी) मा बढुवा हुनुभएको छ ।


मन्त्रिपरिषद्को आज बसेको बैठकले अहिले प्रशासन तथा मानव स्रोत विभाग प्रमुख रहेका पौडेललाई महानिरीक्षकमा बढुवा गरेको...

चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा रु २१ खर्ब २० अर्ब ८० करोड बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ११ महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार’ समीक्षा...