Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु

Main News Image
Kakani Khabar add

रसुवा । यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण धुन्चेमा अलपत्र व्यक्तिलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरुआत गरिएको छ ।

धुन्चेमा रहेका तीर्थयात्री, पर्यटक एवं सर्वसाधारणलाई बागमती प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौँ उपत्यका ल्याउने व्यवस्था मिलाएको हो । यसका लागि मुख्यमन्त्री किरण थापा मगरले समन्वय गर्नुभएको थियो ।

मुख्यमन्त्री थापाले भन्नुभयो, “धुन्चेमा रोकिएका सर्वसाधारणलाई हामीले त्यहीँ खाना खुवाउने व्यवस्था गरेका छौँ, खाना खुवाइसकेपछि उहाँहरूलाई मोटरमार्फत महावीरसम्म पु¥याउने र महावीरबाट करिब एक घण्टा पैदल हिँडेपछि चौगटी पर्याएर त्यहाँबाट पुनः सवारीसाधनमार्फत काठमाडौँ पठाउनेकार्य गरेका छौँ ।” उहाँले उद्धारका पर्खाइमा रहेका अलपत्र यात्रुलाई प्रदेश सरकारले निःशुल्क बसको व्यवस्था गरेर काठमाडौँ आइपुग्न सक्ने अवस्था गरेको बताउनुभयो ।

धुन्चेसँगै चौगटीमा सर्वसाधारणका लागि खानाको व्यवस्था प्रदेश सरकारले नै मिलाएको उहाँले जानकारी दिनुभयो । त्यसैगरी वागमती प्रदेश सरकारले त्रिशूली पारिको क्षेत्रमा अवरुद्ध रहेको मध्यपहाडी लोकमार्ग मरमतलाई गरेर यातायात सञ्चालनमा ल्याउने प्रयास थालनी गरेको बताउनुभयो । उक्त सडक सञ्चालनमा आएपछि रसुवालगायत प्रभावित क्षेत्रका सर्वसाधारणले वैकल्पिक रूपमा सोही मार्ग प्रयोग गरी काठमाडौँ आउन सक्ने जनाइएको छ ।

सडक सञ्जालसँग पुनः जोडियो

भोटेकोशी नदीमा बुधबार बिहान आएको अचानक बाढीका कारण अवरुद्ध भएको रसुवाको सडक सञ्जाल पुनः सञ्चालनमा आएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार काठमाडौँ–टोखा–छहरे–गड्खारपुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चेसम्मको सडकखण्डमा चारपाङ्ग्रे साना सवारीसाधन सञ्चालन हुने गरी सुचारु भएको हो ।

सडकखण्ड सञ्चालनमा आएसँगै रसुवा पुनः सडक सञ्जालसँग जोडिएको प्राधिकरणले जनाएको छ । सडक सम्पर्क पुनःस्थापित भएपछि बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा अत्यावश्यक सामग्री पुर्‍याउन सहज हुने अपेक्षा गरिएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

स्वास्थ्य बीमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले देशका विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई बिमा भुक्तानीका लागि थप ९१ करोड १८ लाख ९४ हजार भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको छ । 


स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा तथा...

काभ्रे बस दुर्घटनामा ज्यान गुमाएका आठै जनाको पहिचान खुल्यो

काठमाडौँ । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर २ को बुच्चाकोटमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाउने सबै ८ जनाको पहिचान खुलेको छ ।


जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक रविन कार्कीका अनुसार ज्यान गुमाउनेहरुमा स...

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गएको आर्थिक वर्ष २०८२/८३ मा १२ लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । 


नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार एक वर्षमा १२ लाख ९ हजार ३५७ जना विदेशी पर्यटक हवाइ मार्गबाट नेपाल भित्रिएका हुन् । यो संख्या...

बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापा मगर नियुक्त

काठमाडौँ ।  बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर नियुक्त हुनुभएको छ । उहाँलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १८६ को २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्दै आजै शपथ ग्रहण गराउनुभयो ।

एमालेले ओली पक्राउ परेको विषय संसदमा उठाउने

काठमाडौँ । नेकपा एमालेले पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेको विषयलाई प्रतिनिधिसभा बैठकमा उठाउने भएको छ ।


एमालेको आज बसेको सचिवालय बैठकले ओली पक्राउ परेकाे विषय सङ्घीय संसदमा उठाउने र विरोध जनाउने न...

प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिनुहुने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिनुहुने भएको छ ।


सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो १ः०० बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले स...