Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

Main News Image
Kakani Khabar add

काठमाडौँ । पशुसेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ । विभागले विभिन्न प्रयोगशालामार्फत नियमित नमूना परीक्षण गरी निगरानी बढाएको हो ।


काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा सङ्क्रमणको जोखिम बढी देखिएकाले रोग नियन्त्रण कार्यलाई उच्च प्राथमिकता राखिएको विभागका महानिर्देशक डा उमेश दाहालले बताउनुभयो । उहाँका अनुसार तीन महिना अघि सुरु भएको सङ्क्रमण विभिन्न ११ जिल्लामा फैलिएको छ ।


करिब एक सय कुखुरा फार्ममा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि ती फार्ममा पन्छी, अण्डा, दाना नष्ट गरिएका छन् । करिब डेढ महिना नयाँ चल्ला नराख्न आग्रह गरेको विभागले उच्च सतर्कता अपनाउन आह्वान गरेको छ । काठमाडौँ उपत्यकाका चन्द्रागिरि, कीर्तिपुर, टोखा, तारकेश्वर, गोदावरी, चाँगुनारायण, सूर्यविनायकलगायत क्षेत्रका फार्ममा सङ्क्रमण पुष्टि भएको छ ।


बर्डफ्लुका उपचार र प्रभावकारी खोप नभएको हुँदा भाइरस कडा सङ्क्रामक हुने र कुखुरालगायत पन्छी नष्ट उत्तम विकल्प हुने जनाइएको छ । सङ्क्रमण मानिसमा पनि सर्न सक्ने सम्भावना रहेको बताउँदै विभागका महानिर्देशक दाहालले सङ्क्रमणलाई चाँडो नियन्त्रण गर्न पन्छी व्यवसायी तथा उपभोक्तालाई थप सावधानी अपनाउन आग्रह गर्नुभयो ।


विभागका महानिर्देशकको संयोजकत्वमा केन्द्रमा बर्डफ्लु समन्वय समिति तथा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लामा बर्डफ्लु समन्वय समिति गठन गरिएको छ । नष्ट गरिएका कुखुरा, अण्डा तथा दानाको प्रमाणका आधारमा जिल्लाबाट समितिले निर्धारण गर्ने दररेटका आधारमा लागत मूल्यको ७५ प्रतिशतसम्म किसानलाई क्षतिपूर्ति दिने व्यवस्था रहेको विभागका सूचना अधिकारी मुकुल उपाध्यायले जानकारी दिनुभयो ।

Kakani Khabar add

सम्बन्धित खबर

नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक बहुमतले पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक’ बहुमतले पारित गरेको छ ।



बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोवि...

रास्वपा नुवाकोट सभापतिमा युवा नेता रामेश्वर गजुरेल अत्याधिक मतले बिजयी

नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोट जिल्ला कार्यसमितिको प्रथम अधिवेशनबाट नयाँ जिल्ला नेतृत्व चयन भएको छ। शनिबार बट्टारमा सम्पन्न निर्वाचन प्रक्रियाबाट आगामी पाँच वर्षे कार्यकालका लागि जिल्ला कार्यसमिति औपचारिक रूपमा गठन गरिएको ह...

बदेलको आक्रमणबाट मकैबालीमा ठूलो क्षति, प्रभावित किसानलाई क्षतिपूर्तिका लागि पहल गरिने

नुवाकोट । सूर्यगढी गाउँपालिका वडा नं. १ अन्तर्गत लच्याङ, ठाइनाङ, पाखु लगायतका विभिन्न स्थानमा बदेलको आक्रमणबाट किसानहरूले लगाएको मकैबालीमा उल्लेखनीय क्षति पुगेको छ।

मकै पाक्ने बेला पुगेका बालीमा बदेलले व्यापक क्षति पुर्‍याएपछि वडा नं. १ का अ...

प्रधानमन्त्री बालेन शाहद्वारा शपथ ग्रहण

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।


राष्ट्रपति भवन शीतल निवासमा आज भएको एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई शपथ गराउनुभएको हो । शाह आजै प्रधानमन्त्रीमा नियुक...

श्री नं १ सैन्य तालिम केन्द्रमा ५२८ जना दीक्षित

नुवाकोट । श्री नं १ सैन्य तालीम केन्द्र, मैथली ब्यारेक नुवाकोटका सिं.स.८३ को सैन्य तालीममा सहभागी ‘सैन्य आधार तालीमको अन्तिम दलेल कवाज’ पूरा भएसगै पाचसय २८ जना सैन्य शुक्रबारदेखि सिपाहीमा दीक्षित भएका छन् ।

सैन्यबाट सिपाही भएकालाई बलाधिकृत र...

११ महिनामा २५ अर्बभन्दा बढीका विद्युतीय गाडी आयात

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार बराबरका १० हजार ८४५ वटा विद्युतीय गाडी आयात भएका छन् । 


भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ५० किलोवाट क्षमतादेखि २०१ किलोवा...