Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

१९ वर्षमुनिको प्रिमियर कपका लागि नेपाली टोली घोषणा

Main News Image
Kakani Khabar add

काठमाडौँ । मलेसियामा हुने एसीसी महिला यू–१९ प्रिमियर कपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोलीको घोषणा गरेको छ । 


बुधबार सार्वजनिक गरिएको १४ सदस्यीय टोलीको नेतृत्व सोनी पाख्रिनले गर्नेछिन् । पर्सि शनिबारदेखि साउन २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा नेपालसँगै हङकङ, सिङ्गापुर र कतार छन्। प्रतियोगिताको पहिलो खेलमा नेपालले पर्सि कतारको सामना गर्नेछ । 


त्यसपछि आउँदो आइतबार सिङ्गापुर र आगामी मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्ने तालिका छ । प्रतियोगिताको हरेक समूहबाट शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् । 


त्यसपछि क्वार्टरफाइनलका विजेताले सेमिफाइनल खेल्नेछन् भने सेमिफाइनलबाट विजयी हुने दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । 


टोलीमा सना प्रविन, एलिसा कुमारी यादव, सावित्री धामी, मनिषा उपाध्याय, रचना चौधरी, रिया शर्मा, अनु कडायत, तिर्सना विश्वकर्मा, कृष्मा गुरुङ, अञ्जली पाठक, मनिषा चौधरी, स्नेहा महरा र करुणा विष्ट रहेका छन् क। यस्तै, प्रतिमा साह, प्रिसना राना मगर, साक्षी यादव र आशा चौधरीलाई वैकल्पिक खेलाडीका रूपमा समावेश गरिएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

फिफा विश्वकपको क्वाटरफाइनल समिकरण पूरा

काठमाडौँ । उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ को क्वाटरफाइनलम समिकरण पूरा भएको छ ।


प्रिक्वाटरफाइनल अन्तर्गत बुधबार विहान स्विट्जरल्यान्ड र कोलम्बियाबीचको खेल सकिएपछि अन्तिम आठमा पुग्ने ८ वटै टोलीको टुङ्गो लागेको हो । सा...