Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंग्ल्यान्ड खेल्दै

Main News Image
Kakani Khabar add

काठमाडौँ । फिफा विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंग्ल्यान्ड खेल्दैछन् । यो खेल अमेरिकाको मियामी रङ्गशालामा नेपाली समयअनुसार भोलि बिहान पौने ३ बजे शुरु हुनेछ ।


सेमिफाइनलमा स्पेनसँग पराजित फ्रान्स र साविक विजेता अर्जेन्टिनासँग पराजित इंग्ल्यान्डले तेस्रो स्थानका लागि खेल्न लागेका हुन् । यो खेलले उत्कृष्ट गोलकर्तालाई दिइने ‘गोल्डेन बुट’ को होडमा फेरबदल ल्याउन सक्छ ।


फ्रान्सका किलियन एमबाप्पे र उस्मान डेम्बेले तथा इंग्ल्यान्डका ह्यारी केन र जुड बेलिङमले सेमिफाइनलबाट बाहिरिए पनि गोल्डेन बुट जित्ने सम्भावना कायमै राखेका छन् ।


यो विश्वकपमा अर्जेन्टिनाका लियोनल मेसी र फ्रान्सका एम्बाप्पे समान आठ–आठ गोलसहित संयुक्त रूपमा शीर्ष स्थानमा छन् । तर प्रतियोगितामा असिस्टका कारण मेसी अहिले गोल्डेन बुटको दौडमा अगाडी छन् ।


इंग्ल्यान्डका बेलिङहम र केनले समान छ–छ गोल गरेका छन् भने फ्रान्सका डेम्बेले र स्पेनका मिकेल ओयार्जाबलको नाममा पाँच–पाँच गोल छ ।


विश्वकपको उपाधिका लागि भोलि आइतबार मध्यराति पौने १ बजे साविक विजेता अर्जेन्टिना र सन् २०१० को विजेता स्पेनबीच खेल हुनेछ ।


Kakani Khabar add

सम्बन्धित खबर

अध्यक्ष अधिकारीको महिला सशक्तीकरण अभियान जारी, दुई आमा समूहलाई डेढ लाख सहयोग

नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी (अविरल)ले महिला सशक्तीकरण अभियानलाई निरन्तरता दिँदै वडा नम्बर १ का दुई आमा समूहलाई नगद तथा सामग्री सहयोग हस्तान्तरण गर्नुभएको छ ।


आज आयोजित कार्यक्रममा अध्यक्ष अधिकारीले तल्लोहिले...

सिभिल अस्पतालमा औषधि खरिदमा भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । काठमाण्डौको मीनभवनमा रहेको निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा औषधि खरिदमा भ्रष्टाचार भएको भन्दै ८ जनाविरुद्ध मुद्दा दायर भएको छ ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ करोड ९१ लाख २४ हजार ५४७ रुपैयाँ बिगो मा...

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ ।  नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह्विप जारी गरेको छ ।


मुख्यमन्त्री थापाले सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर...

विद्यार्थी सङ्गठनमाथि प्रतिबन्धको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन

काठमाडौँ । विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध गर्ने सरकारी घोषणाको विरोधमा विद्यार्थी सङ्गठनहरूले काठमाण्डाैमा कालो बेलुन उडाएर प्रदर्शन गरेका छन् ।

नेपाल विद्यार्थी सङ्घ( नेविसङ्घ) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्...

बागमतीका मुख्यमन्त्री थापामगरले आज विश्वासको मत लिँदै

काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मत लिन लाग्नुभएको हो ।...

हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु

काठमाडौँ । हुलाक निर्देशनालय सुर्खेतले आजदेखि नागरिकको घरदैलोमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) घरदैलोमा ढुवानी सुरु गरेको छ ।


यातायात व्यवस्था कार्यालय सुर्खेत, यातायात व्यवस्था सेवा केन्द्र रुकुम (पश्चिम) र जुम्लाले वितरण गर्ने...