Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

विश्वकपको सेमिफाइनल समीकरण पूरा

Main News Image
Kakani Khabar add

काठमाडौँ । फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । फिफा वरीयतामा शीर्ष चारका टोली फ्रान्स, अर्जेन्टिना, स्पेन र इंग्ल्याण्ड नै सेमिफाइनलमा पुगेका हुन् । 


आज बिहान सकिएका दुई क्वाटरफाइनल खेलपछि सेमिफाइनल खेल्ने चारै टोलीको टुङ्गो लागेको हो । इंग्ल्यान्डले नर्वे र अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई हराएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । अब फाइनलमा पुग्न साबिक विजेता अर्जेन्टिनाले इंग्ल्यान्डसँग खेल्दा अर्को खेल फ्रान्स र स्पेनबीच खेल हुनेछ । 


अर्जेन्टिना ३ पटकको विश्व विजेता हो भने फ्रान्सले २ तथा इंग्ल्यान्ड र स्पेनले १/१ पटक उपाधि जितेका छन् । पहिलो सेमिफाइनल खेल फ्रान्स र स्पेनबीच असार ३० गते मंगलबार मध्यराति पौने १ बजे हुनेछ । त्यस्तै इंग्ल्यान्ड र अर्जेन्टिनाको खेल असार ३१ गते बुधबार मध्यराति पौने १ बजे हुनेछ । 


विश्वकपको फाइनल खेल साउन ३ गते आइतबार राति पौने १ बजे अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा हुनेछ ।

Kakani Khabar add

सम्बन्धित खबर

स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि

काठकाडौँ । साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । स्पेनले यसअघि सन् २०१० मा विश्वकपको उपाधि हासिल गरेको थियो ।


अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स...