Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

वृद्धभत्ता वितरणसँगै स्वास्थ्य सेवा: तारकेश्वरमा ‘अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम’ सुरु हुँदै

Main News Image
Kakani Khabar add

नुवाकोट । तारकेश्वर गाउँपालिकाले वैशाख ७ गते सोमबारदेखि ११ गते शुक्रबारसम्म सबै वडामा सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) वितरणसँगै निःशुल्क स्वास्थ्य परीक्षण, औषधी वितरण र स्वास्थ्य परामर्श सेवा प्रदान गर्ने भएको छ ।


‘गाउँपालिका अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम’ अन्तर्गत सञ्चालन हुने यस अभियानले ज्येष्ठ नागरिकलाई घरदैलोमै सहज सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ ।


गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले कार्यक्रमलाई प्रभावकारी, व्यवस्थित र गुनासोमुक्त बनाउन पञ्जीकरण शाखा र स्वास्थ्य शाखालाई आवश्यक निर्देशन दिनुभएको छ ।


यसअघि भत्ता वितरणमा हुने ढिलाइ र ज्येष्ठ नागरिकले भोग्नुपरेका झन्झट अन्त्य गर्ने उद्देश्यले अध्यक्ष अधिकारीले निर्वाचित भएलगत्तै प्रत्येक ३/३ महिनामा वडा–वडामा पुगेर स्वास्थ्य सेवा सहित भत्ता वितरण गर्ने अभ्यास सुरु गर्नुभएको थियो ।


यस कार्यक्रमबाट ज्येष्ठ नागरिकहरूले आफ्नै वडामै स्वास्थ्य जाँच, औषधी तथा परामर्श सेवा लिनुका साथै भत्ता पनि सहज रूपमा प्राप्त गर्नेछन् ।


कार्यक्रमको तालिका यसप्रकार छ :
वैशाख ७ गते सोमबार बिहान ८ बजेदेखि दिउँसो २:३० बजे सम्म :- ५ नं. वडा कार्यालय, गोर्स्याङ
वैशाख ८ गते मङ्गलबार बिहान ८ बजेदेखि दिउँसो २:३० बजे सम्म :- ६ नं. वडा कार्यालय, मजुवा
वैशाख ९ गते बुधबार र १० गते बिहीबार बिहान ९ बजेदेखि दिउँसो ४ बजे सम्म :- १ नं. वडा कार्यालयसँगैको हिमालयन बैंक, दाङसिङ
वैशाख ९ गते बुधबार बिहान ८ बजेदेखि दिउँसो २:३० बजे सम्म :- ३ नं वडा कार्यालय, तारुका 
वैशाख १० गते बिहीबार बिहान ८ बजेदेखि दिउसो २:३० बजेसम्म :- ४ नं वडा कार्यालय, बुधसिंह 
वैशाख ११ गते शुक्रबार बिहान ८ बजेदेखि दिउसो २:३० बजेसम्म :- २ नं वडा कार्यालय, तारुका

Kakani Khabar add

सम्बन्धित खबर

तीन दिनसम्म देशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ । देशका विभिन्न भूभागमा आउँदो तीन दिनसम्म ठूलो पानी पर्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन सक्रिय रहँदा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।


महाशाखाका...

मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान

काठमाडौँ । मौसमविद्ले आगामी केही दिन मध्य र पश्चिम नेपालमा वर्षाको क्रम क्रमशः बढ्दै जाने पूर्वानुमान गरेका छन् ।


जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले सोमबार र मङ्गलवारको तुलनामा बुधवार वर्षामा केही कमी आए पनि बिह...

केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने गिरोह सक्रिय

काठमाडौँ । केवाइसी अपडेट अर्थात् व्यक्तिगत विवरण अद्यावधिक गर्ने कामका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने गिरोह सक्रिय रहेको पाइएको छ ।


यस्तो ठगी कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले गिरोहका चार जनालाई पक्राउ गरी सार्वजनिक...

थप ३ वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिश

काठमाडौँ ।  सरकारले थप ३ वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिश गरेको छ ।


प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले गएराति स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेश, केही नेपाल कानून संशोधन गर्न बन...

मदन पुरस्कारका लागि छानिएका १० वटा कृतिको सूची सार्वजनिक

काठमाडौँ । ‘मदन पुरस्कार २०८२’ का लागि छनोटमा परेका पुस्तकको ‘श्रेष्ठ सूची’ सार्वजनिक भएको छ । मदन पुरस्कार गुठीले आज १० वटा पुस्तकको सूची सार्वजनिक गरेको हो ।


२०८२ को मदन पुरस्कारका लागि प्राप्त भएका २९८ पुस्तकमध्ये गुठीले १० वटा...

पशुपतिमा साउने सोमबारको तयारी:सफाइ अभियान सुरु

काठमाडौँ । साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा सफाइ अभियान सुरु गरिएको छ ।


साउन महिना र सोमबार आशुतोष भगवान् शिवको महिना र बार मानिने भएकाले एकैदिन लाखौ...