Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

विद्युतीय सवारीमा सहुलियत दिन व्यवसायीको माग

Main News Image
Kakani Khabar add

काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विद्युतीय सवारीका पार्टपुर्जामा भन्सार छुट दिन र वातावरणमैत्री यातायातलाई प्रोत्साहन गर्न अर्थमन्त्रीसमक्ष माग गरेका छन् ।


महासङ्घका अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौला नेतृत्वको टोलीले सोमबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई यातायात क्षेत्रका विद्यमान समस्या समाधानका लागि ११ बुँदे मागपत्र बुझाएका हुन् ।


महासङ्घको टोलीले सार्वजनिक यातायात क्षेत्रमा रहेको रु १३ खर्ब बराबरको लगानी र यसमा आश्रित ४० लाख परिवारको सुरक्षाका लागि सरकारले तत्काल कदम चाल्नु माग गरेको हो ।


महासङ्घले पूर्व सचिव दीपक सुवेदीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न, मोटर बिमादर निर्देशिका २०७३ लाई समयसापेक्ष परिमार्जन गर्न र बिमा प्राधिकरणलाई आवश्यक निर्देशन दिन आग्रह गरेको छ ।


यस्तै, इन्धन (डिजेल÷पेट्रोल) मा प्रतिलिटर एक रुपैयाँ र विद्युतीय सवारीमा प्रतियुनिट एक रुपैयाँ अतिरिक्त शुल्क उठाएर ‘दुर्घटना राहत कोष’ बनाउन प्रस्ताव गरेको छ । बिमा प्रिमियमको एक प्रतिशत र सरकारको तर्फबाट पनि रकम छुट्याइ कोष सुदृढ गर्न माग गरेको छ ।


महासङ्घले सवारी आयातमा कडाइ, भारतीय मालवाहक र यात्रुवाहक सवारीलाई दिइँदै आएको ७२ घण्टे सुविधा खारेज, कम्पनी ऐन संशोधन, समान कर प्रणाली लागू गर्न जोड दिएको छ । 


यसैगरी, प्रविधिमैत्री यातायातका लागि अनुदानको व्यवस्था, यातायात क्षेत्रको प्रभावकारी नियमन र विकासका लागि शक्तिशाली ‘यातायात प्राधिकरण’ गठन गर्न र काठमाडौँ उपत्यकामा टिपर सञ्चालनको समय पुनरावलोकन गर्न अनुरोध गरेका छन् । 


ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री डा वाग्लेले यातायात क्षेत्रका जायज मागलाई सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताउनुभयो । उहाँले मन्त्रालयले व्यवसायीको मागका सम्बन्धमा आवश्यक अध्ययन गरी उचित कदम चाल्ने आश्वासन दिनुभएको थियो । 

Kakani Khabar add

सम्बन्धित खबर

सामाजिक सञ्जालमा फैलिएका सूचना आधिकारिक हुन वा होइन भनेर चिन्न आवश्यकः सञ्चारमन्त्री डा.तिमिल्सिना

नुवाकोट । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमा फैलिएका सूचना हल्ला हुन वा आधिकारिक हुन भनेर चिन्न आवश्यक रहेको बताउनुभएको छ ।


पछिल्लो समय सरकारले प्रत्येक मन्त्रीलाई नयाँ मोबाइल फोन उपलब्ध गराउने...

तारकेश्वरका स्वास्थ्य र शिक्षण संस्था आइतबार बन्द नहुने

नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलको निर्देशन अनुरूप तारकेश्वर गाउँपालिकाभित्रका सबै स्वास्थ्य केन्द्रहरू आज आइतबार खुला रहेका छन् ।


संघीय सरकारले सातामा दुई दिन सार्वजनिक विदा दिने नीति अख्तियार गरे लगत्तै ग...

‘जनताका निराशा बेचेर स्वार्थको रोटी सेक्नेहरूबाट देश बन्दैन’

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी देशभर बढ्दो छ। यसै सन्दर्भमा मोरङ क्षेत्र नम्बर ४ यतिबेला निकै चर्चामा छ। यस क्षेत्रबाट नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरे चुनावी मैदानमा छन् । विद्यार्थी राजनीतिबाट उदाएका घिमिरे वैचारिक र प्रखर व...

ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न माग

काठमाडौँ । हिजो पक्राउ पर्नुभएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले माग गरेपछि काठमाण्डौ जिल्ला अदालतमा त्यसबारे बहस भइरहेको छ ।


प्रहरीले...

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाडौँ । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 


महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ, उदयपुर, ओखलढुङ्गा, सिन्धुली, दोलखा, रामेछाप,...

अमेरिकालाई ७ रनले हराउँदै नेपाल ‘ए’ को ‘क्लिन स्वीप’

काठमाडौँ । एकदिवसीय अभ्यास शृङ्खलामा नेपालको ‘ए’ टोलीले ‘क्लिन स्वीप’ गरेको छ । माथिल्लो मूलपानी मैदानमा आज भएको चौथो तथा अन्तिम खेलमा नेपाल ‘ए’ ले अमेरिकालाई ७ रनले हरायो ।


नेपाल ‘ए’ ले दिएको २६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९...