Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

जितको खडेरी तोड्यौँ, खेलका कमजोरी सुधार्नेछौँ : कप्तान पौडेल

Main News Image
Kakani Khabar add

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले आगामी दिनमा नेपालको खेल सुधार्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्कटल्यान्डसँगको जितपछि उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । आफूहरू इटालीसँगको खेलमा चुकेको भन्दै उनले भने,' हामी इंग्यान्डसँगको जस्तो खेल प्रदर्शन गर्न सधैँ चाहन्छौँ । इटालीसँग हामी चुक्यौँ । आगामी दिनमा हामी गल्ती सुधारेर अघि बढ्नेछौँ,' उनले भने ।

विश्वकपमा आफ्नो दोस्रो कप्तानीमा जित निकाल्नु आफ्नो लागि निकै महत्त्वपूर्ण विषय रहेको उनले बताए । 'स्कटल्यान्ड जस्तो टोलीलाई १७० मा रोक्नु हाम्रो लागि निकै उपलब्धिमूलक क्षण हो । हामीले विकेट लिनेमा भन्दा पनि डट बलमा ध्यान केन्द्रित गर्‍यौँ,' उनले भने ।

आजको नतिजा दीपेन्द्र सिंह ऐरी र गुल्सन झाको कारणले आएको भन्दै दीपेन्द्र म्यान अफ द म्याचका लागि योग्य रहेको उनले बताए । 'यो खेलमा हाम्रो ढुकढुकी निकै बढेको थियो । दीपेन्द्र र गुल्सनले उत्कृष्ट प्रदर्शन गर्दै खेल जिताए,' उनले भने

Kakani Khabar add

सम्बन्धित खबर

१९ वर्षमूनीको महिला प्रिमियर कपमा नेपालको विजयी सुरुवात

काठमाडौँ । एसीसी १९ वर्षमूनीको महिला प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा आजदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा कतारलाई १०५ रनको फराकिलो अन्तरले हरायो ।


टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारि...

श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा

काठमाडौँ । श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको छ ।


भारतको गोवामा रहेको जवाहरलाल नेहरु रङ्गशालामा आज भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई २–० गोलले हरायो । नेपालका रश्मीकुमारी...

मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा पाँच पटकको विश्व विजेता ब्राजिल मोरक्कोसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

आइतबार बिहान न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले एक–एक अंक बाँडेका ह...

एसीसी महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो जीत

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भुटानलाई ५१ रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ ।


नेपालले दिएको  ११४ रनको लक्ष्य पछ्याएको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६२ रन मात्र बन...

‘वर्ल्ड अफ डान्स नेपाल’ को उपाधि विजेता टिम एनटी अन्तराष्ट्रिय प्रतिस्पर्धामा जादै

नुवाकोट । ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ को ग्रान्ड फिनालेमा अपर टिम डिभिजनको उपाधि जित्न सफल टिम एनटी विभिन्न देशमा हुने अन्तराष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउन जाने भएको छ ।


त्रिशूलीमा आज पत्रकार सम्मेलनमा टिम एनटीका प्रतिनिधि...

फिफा विश्वकपको क्वाटरफाइनल समिकरण पूरा

काठमाडौँ । उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ को क्वाटरफाइनलम समिकरण पूरा भएको छ ।


प्रिक्वाटरफाइनल अन्तर्गत बुधबार विहान स्विट्जरल्यान्ड र कोलम्बियाबीचको खेल सकिएपछि अन्तिम आठमा पुग्ने ८ वटै टोलीको टुङ्गो लागेको हो । सा...