Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

यूएईमाथि नेपालको रोमाञ्चक जीत

Main News Image
Kakani Khabar add

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) डीएलएस नियमका आधारमा ६ रनले हराएको छ ।


वर्षाले प्रभावित खेलमा डीएलएस नियममा ३८ ओभरमा २५५ रनको लक्ष्य पाएको यूएईले ८ विकेट गुमाएर २४८ रनमात्र बनाउन सक्यो । यूएईका मुहम्मद शाहदादले ६५, खुजाइमा तनभीरले ४९ रन बनाए । नेपालका सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र नन्दन यादवले २/२ विकेट लिए ।


यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ६ विकेट गुमाएर २८९ रन बनाएको थियो । नेपालका दीपेन्द्रसिंह ऐरीले शतक बनाए । दीपेन्द्रले ९४ बलमा १०० रनमा रनआउट भए । यस्तै विनोद भण्डारीले ५६, गुल्सन झाले ४४, कप्तान रोहित पौडेलले ३९ रन बनाए । यूएईका जुनैद सिद्दिकी र अजय कुमारले २/२ विकेट लिए ।


लिग–२ शृङ्खलामा नेपालले यसअघिको खेलमा यूएईलाई ३७ रनले हराएको थियो भने ओमानसँग डीएलएस नियमका आधारमा १०२ रनले पराजित भएको थियो ।


यो जीतसँगै नेपालले ८ वटा देश सहभागी लिग–टुमा २३ खेलमा १६ अङ्क जोड्दै तालिकाको सातौँ स्थानमा छ । यूएई २३ खेलमा १२ अङ्कसहित पुछारमा र ओमान २६ खेलमा ३१ अङ्कसहित तेस्रो स्थानमा छ ।

Kakani Khabar add

सम्बन्धित खबर

SEE परीक्षाको नतिजा कमजोर आएपछि तारकेश्वरका अध्यक्षबाट सातबुँदे निर्देशन

नुवाकोट । शैक्षिक सुधारका लागि विभिन्न प्रयास भइरहेका बेला यस वर्षको SEE परीक्षाको नतिजा अपेक्षाअनुसार आउन नसकेपछि नुवाकोटको तारकेश्वर गाउँपालिकाले विद्यालयहरूको शैक्षिक अवस्था सुधार गर्न सक्रियता बढाएको छ ।


गाउँपालिका अध्यक्ष तथा...

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख ४० हजार जरिवाना सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा काठमाण्डाै उपत्यकामा २ हजार १५७ जना गाडी चालक ट्राफिक नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । कारबाहीबाट २१ लाख ४० हजार ५४६ रुपैयाँ जरिवाना सङ्कलन भएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।


मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, गृहमन्त्री सुधन गुरुङ तेस्रोबाट पाँचौँ नम्बरमा

काठमाडौँ । सङ्घीय मन्त्रिपरिषद् सदस्यहरूको मर्यादाक्रम हेरफेर भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) अनुसार मर्यादाक्रम हेरफेर गर्नुभएको हो ।

यसअघि तेस्रोमा रहेका...

पूर्वप्रधानमन्त्री ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा कारण देखाऊ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा सरकारलाई कारण देखाऊ आदेश जारी गरेको छ ।


ओलीलाई रिहा गर्न माग गर्दै दायर भएकाे निवेदनमा आज भएको सुनुवाइपछि अदालतले...

शिक्षामा लगाएको ३ प्रतिशत समता कर खारेजी गर्न ४ निजी शैक्षिक संस्थाको माग

काठमाडौँ । निजी विद्यालयका प्रमुख ४ छाता सङ्गठनले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत शिक्षामा लगाएको ३ प्रतिशत समता शिक्षा सेवा शुल्क खारेज गर्न माग गरेका छन् ।


प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले आज संयुक्त पत्रकार सम्मेलन गरी सम...

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

रसुवा । जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ । 


आगामी भदौ १२ गतेको मेलाका निम्ति यहाँका होटल व्यवसायीले प्रतीक्षालय, शौचालय निर्माणका साथै...