Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

युवा लक्षित रोजगारी र स्वयंसेवा कार्यक्रम विस्तार गर्न मन्त्री चौधरीको निर्देशन

Main News Image
Kakani Khabar add

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै विभाग तथा निकायलाई युवाका लागि रोजगारी, पारिश्रमिकसहितको प्रशिक्षण तथा स्वयंसेवाका अवसर विस्तार गर्दै परिणाममुखी ढङ्गले काम गर्न निर्देशन दिनुभएको छ ।


कृषि, वन तथा पर्यावरण मन्त्रालयमा आज नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), दुग्ध विकास संस्थान, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, जल तथा मौसम विज्ञान विभागलगायत मन्त्रालयअन्तर्गतका विभाग तथा निकायका प्रमुखसँग भएको छलफलमा उहाँले वर्तमान सरकारप्रति विशेषगरी युवा पुस्ताको  भरोसा रहेकाले त्यसअनुरूप परिणाम देखिने गरी काम गर्नुपर्ने बताउनुभयो । कानुनी एवं नीतिगत व्यवस्था गर्न आफू तत्पर रहेको पनि उहँले बताउनुभयो । 


मन्त्री चौधरीले मन्त्रालयअन्तर्गतका सबै विभाग तथा निकायलाई यसै महिनाभित्र आफ्नो मातहतबाट कति युवालाई रोजगारी, पारिश्रमिकसहितको प्रशिक्षण तथा स्वयंसेवा कार्यक्रममा सहभागी गराउन सकिन्छ भन्ने विस्तृत विवरण तथा कार्ययोजना तयार गरी मन्त्रालयमा पेस गर्न निर्देशन दिनुभयो ।


उहाँले कार्यान्वयनमुखी र परिणाममुखी ढङ्गले काम गर्न आग्रह गर्दै कृषि, वन तथा पर्यावरण क्षेत्रलाई युवाका लागि आकर्षक रोजगारीको क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । 


विभागीय प्रमुखहरूले देशभर रहेका आफ्ना कार्यालयमार्फत हाल पनि पारिश्रमिकसहित तथा पारिश्रमिकविहीन प्रशिषण र स्वयंसेवा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभएको थियो ।

विभिन्न विश्वविद्यालयसँग सहकार्य गरी विद्यार्थीलाई ‘इन्टर्नशिप’मा सहभागी गराउने प्रयास भइरहेको भए पनि केही कानुनी व्यवस्थाका कारण त्यसो गर्न नसकिएको उहाँहरूले बताउनुभयो ।

Kakani Khabar add

सम्बन्धित खबर

तारकेश्वरमा सामाजिक सुरक्षा भत्तामा बार्षिक थप पाच हजार पालिकाले उपलब्ध गराउने

नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी 'अविरल'ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको व्यवस्थाअनुरूप गाउँपालिकाभरिका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति र टुहुरा र बालपोषण भत्ता पाउने लक्षित समूहका व्यक्तिहरूलाई खाईपाई...

मदन पुरस्कारका लागि छानिएका १० वटा कृतिको सूची सार्वजनिक

काठमाडौँ । ‘मदन पुरस्कार २०८२’ का लागि छनोटमा परेका पुस्तकको ‘श्रेष्ठ सूची’ सार्वजनिक भएको छ । मदन पुरस्कार गुठीले आज १० वटा पुस्तकको सूची सार्वजनिक गरेको हो ।


२०८२ को मदन पुरस्कारका लागि प्राप्त भएका २९८ पुस्तकमध्ये गुठीले १० वटा...

रसुवामा ड्रोनमार्फत वनस्पति र घाँसका बीउ छरियो

काठमाडौँ । रसुवामा डढेलोले उजाड बनाएको वन क्षेत्रमा ड्रोन प्रविधिमार्फत वनस्पति र घाँसका बीउ छरिएको छ । २०६५ सालको भीषण डढेलोका कारण उजाड बनेको क्षेत्रमा हरियाली फर्काउन डिभिजन वन कार्यालय रसुवाले बीउ छर्न थालेको हो ।


दुर्गम भौगोल...

पूर्वप्रधानमन्त्री ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा कारण देखाऊ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा सरकारलाई कारण देखाऊ आदेश जारी गरेको छ ।


ओलीलाई रिहा गर्न माग गर्दै दायर भएकाे निवेदनमा आज भएको सुनुवाइपछि अदालतले...

अध्यक्ष ओली पक्राउको विषयमा कानुनी तथा राजनीतिक प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौँ । नेकपा एमालेले पूर्व प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली पक्राउको विषयमा कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । 


आज पार्टी कार्यालय च्यासल ललितपुरमा बसेको सचिवालय बैठकले अध्यक्ष ओलील...

सरकारले असार २९ देखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने

काठमाडौँ । सरकारले पर्सि असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने भएको छ । यसका लागि आवश्यक तयारी परराष्ट्र मन्त्रालय र विभागबाट अन्तिम चरणमा पुगेको छ ।


परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सहज...