आइतबार, जेष्ठ ६ २०८१

ईङ्लिस प्रिमियर लिगको यस सिजनका अन्तिम खेलहरु एकसाथ सन्चालन हुँदै।


  • ककनी खबर
  • आइतबार, बैशाख ३० २०७५

बिश्वकै चर्चित फुटबल लिग ईङ्लिस प्रिमियर लिगको सिजन २०१७/१८ को अन्तिम खेलहरु आज हुदैछन्।नेपाली समय अनुसार आज साझको ७:४५बाट सबै १० खेलहरु एकसाथ संचालन हुदैछन्।

आजको खेलमा ईङ्लिस च्याम्पियन म्यान्चेस्टर सिटिले साउथह्याम्टनसंग उसैको घरमा खेल्दैछ।भने म्यान्चेस्टर युनाईटेडले वाट्फोर्ड संग ओल्ड ट्राफोर्टमा खेल्दैछ।त्यस्तै लिभरपुलले बिर्गोस्टन एन्ड होभ अल्बियन संग खेल्दैछ भने न्युक्यासल युनाईटेड र चेल्सी एकआपसमा भिड्दैछ्न।

लिभरपुलले जिते च्याम्पियनस लिगको लागि सुरक्षित हुनेछ भने यदि लिभरपुल हार्यो र चेल्सिले जिते चेल्सी म्यान्चेस्टर सिटि ,म्यान्चेस्टर युनाईटेड र टोटनहाम हट्स्पर संगै च्याम्पियनस लिगको लागि छनौट हुनेछ।यद्यपि लिभरपुलले च्याम्पियनस लिग जिते पुनः च्याम्पियनस लिगको लागि छ्नौट हुन सक्नेछ।

लिगको अन्तिमको टिम स्टोक सिटि र बेस्ट ब्रुम रेलिगेसनमा परि सकेका छन्।भने स्वान्सी सिटि रेलिगेसन जोगाउन सङ्घर्षरत छ।
तर त्यसको लागि साउथह्याम्प्टनले ठूलो गोल अन्तरले हारेमा मात्र सम्भव छ।

प्रतिक्रिया
सम्बन्धित समाचार