आइतबार, जेष्ठ ६ २०८१

अफगानिस्तानका पूर्वकप्तान नावी अफगानिस्तान क्रिकेट बोर्डमा नियुक्त


  • ककनी खबर
  • शुक्रबार, भाद्र ५ २०७७

भाद्र ५ , बिदुर । अफगानिस्तान राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा अलराउण्डर मोहम्मद नावी अफगानिस्तान क्रिकेट बोर्डमा नियुक्त भएका छन् । ३५ वर्षीय नावी २०१३ देखि २०१५ सम्म अफगानिस्तानको ओडिआई र टी२० टिमको कप्तान थिए ।

गत वर्ष टेष्ट क्रिकेटबाट सन्यास घोषणा गरेका नावीले सीमित ओभरको क्रिकेट भने खेलिरहेका छन् । उनी अफगानिस्तानको क्रिकेट प्रशासनमा पुग्ने पहिलो एक्टिभ क्रिकेटर समेत बनेका छन् ।

अफगानिस्तान क्रिकेट बोर्डले बिहीबार नावीसहित ४ जना नयाँ बोर्ड मेम्बर नियुक्त गरेको हो । अन्य सदस्यहरुमा महिला मन्त्री हसिना साफी, कान्दाहार प्रान्तका सांसद रोहुल्लाह खानजाडा र अफगानिस्तानका पहिलो भाइस प्रेसिडेन्टका सिनियर एडभाइजर हारुन मिर छन् ।

अफगानिस्तानका लागि ३ टेष्ट, १२४ ओडिआई र ७८ टी-२० खेलेका नावी हाल ट्रिनिडाड एण्ड टोबागोमा क्यारेबियन प्रिमियर लिग सीपीएल खेलिरहेका छन् । तर नावीको नियुक्तीको किन भन्ने बारे बोर्डले प्रष्ट पारेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार