आइतबार, जेष्ठ ६ २०८१

सर्वाधिक पुरस्कार राशीको बिधालय स्तरीय क्रिकेट प्रतियोगिता हुने


  • ककनी खबर
  • शनिबार, चैत्र ९ २०७५

चैत ९, बिदुर । नुवाकोट क्रिकेट संघको आयोजनामा यहि मिति २०७६ बैशाख १५ गतेदेखी जिल्लाब्यापी बिधालय स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । हिजो बिदुरमा पत्रकार सम्मेलन गरि आयोजकले प्रतियोगिताको मिति सार्वजनिक गरेका हुन् ।

केही महिना अघिमात्र बिधालय स्तरीय प्रतियोगिता सम्पन्न गरेको नुवाकोट क्रिकेट संघले २ महिनाको बिचमा नै यो दोश्रो पटक बिधालय स्तरीय क्रिकेट गर्न लागेको हो । क्रिकेटको मुल आधार नै बिधालय स्तरीय क्रिकेट प्रतियोगिता भएको र बैशाखबाट नै बिधालयहरुमा शैक्षिक सत्र सुरु हुने हुँदा बिद्यार्थीको पठनपाठनमा धेरै असर नगर्ने जसले गर्दा बिधालयहरुलाई सहभागिता जनाउन पनि सजिलो हुने बिधालयहरुको ईच्छा समेत देखिएकोले यो प्रतियोगिता बैशाखमा नै गर्न लागिएको आयोजक नुवाकोट क्रिकेट संघका अध्यक्ष दुर्गाराज पाठकले जनाए ।

सर्वाधिक पुरस्कार राशी समेत भएको यो प्रतियोगिता जिल्लामा भएका हाल सम्मका प्रतियोगिताहरु मध्ये यो प्रतियोगिता उत्कृष्ट हुने आयोजकको दावी छ । प्रतियोगिताको बिजेताले नगद रु ३०००० (तीस हजार) सहित ट्रफी मेडल, प्रमाणपत्र र क्रिकेट सामाग्री प्राप्त गर्नेछन् । त्यस्तै उपबिजेताले नगद २००००( बीस हजार) सहित ट्रफी मेडल प्रमाणपत्र र क्रिकेट सामाग्री हात पार्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार