आइतबार, जेष्ठ ६ २०८१

च्वाडीलाई हराउदै अर्किड एकेडेमी ‘बि’ सेमिफाइनलमा


  • ककनी खबर
  • बिहिबार, फाल्गुन २ २०७५

फाल्गुन २ बिदुर , नुवाकोट क्रिकेट संघको आयोजना र नुवाकोट जेसिजको सह-आयोजनामा संचालित जिल्लाब्यापी बिधालय स्तरिय क्रिकेट प्रतियोगिता अन्तरगत आजको खेलमा अर्किड एकेडेमी ‘बि’ विजयी भएको छ । जितसंगै अर्किड एकेडेमी ‘बि’ सेमिफाईनलमा समेत प्रवेश गरेका छ ।

लिग चरणको अन्तिम खेल अन्तरगत अर्किड एकेडेमी ‘बि’ र च्वाडी पब्लिक स्कुल बिच भएको खेलमा अर्किड ‘बि’ ८१ रनले बिजयी भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको अर्किड ‘बि’ ले २० ओभरमा ६ विकेट गुमाउदै १६१ रन बनायो । अर्किडको तर्फबाट सुमन मिजारले ३५ रन , सुजन पन्तले २२ रन,उत्तम पाण्डेले १७ रन र सुजल श्रेष्ठले १२ रन बनाए । बलिङतर्फ च्वाडीका सुभाष तामाङले २ विकेट लिए ।

१६२ रनको विशाल लक्ष्य पछ्याएको च्वाडी १७.५ ओभरमा ८१ रनमा अलआउट हुन पुग्यो । च्वाडीको तर्फबाट किस्मत रिमालले २६ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङतर्फ अर्किड ‘बि’ का आयुष पाण्डेले ३ विकेट र सुमन मिजार र समीर रिमालले २/२ विकेट लिए। खेलमा ३५ रन र २ विकेट लिएका अर्किड एकेडेमी ‘बि’ का सुमन मिजार म्यान अफ दि म्याच घोषित भए ।

भोलि सेमिफाइनल अन्तर्गतको पहिलो खेल बिहान ८ बजे शुभेनियर बोर्डिङ स्कुल बिरुद्ध अर्किड एकेडेमी ‘ए’ र दोस्रो खेल गुडविल एकेडेमी विरुद्ध अर्किड एकेडेमी ‘बि’ बिच दिउँसो १२ बजे हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार