आइतबार, जेष्ठ ६ २०८१

वडा कार्यालयलाई पॉच कोठे पक्कि भवन निर्माण पछी हस्तान्तरण


  • ककनी खबर
  • मंगलबार, जेष्ठ १ २०७५

जेठ १ जगदीश खनाल
जर्मन सहयोग नियोग जि.आई.जेठ.को रिकभरी प्रोगाम नेपाल कार्यक्रम मार्फत शिवपुरी गाँउपालिका वडा नं. ४ सिक्रेमा निर्माण गरेको वडा कार्यालयको भवन सञ्चालनमा आएको छ । पाँच कोठे पक्कि भवनको आज जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख शन्तमान तामाङ र भारत तथा दक्षीण एसियाका लागी जर्मनका आर्थिक समन्वय तथा विकास उपप्रमुख एनेट फ्रिकले सयुक्त रुपमा वडाध्यक्ष झमकराज गुरुङलाई हस्तान्तरण गर्नुभएको हो ।

राज्य पुर्नसंरचना पश्चात साविकको सिक्रे गाविस समावेश गरी निर्माण गरेको शिवपुरी गाँउपालिकाको वाड नं. ४ को वडा कार्यालय भवन अभावमा अस्थायी संरचना मार्फत सञ्चालन गर्नुपर्ने बाध्यता जर्मन सहयोग नियोग मार्फत पाँच कोठा पक्कि भवन निर्माण गरी हस्तान्तरण गरेसगै नयाँ कार्यालयबाट सेवा सञ्चालनमा ल्याइएको छ ।

नयाँ भवनको हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शन्तमान तामाङले भूकम्पले मानवीय र भौतिक क्षतिसगै आर्थिक रुपमा कमजोर भएका प्रभावितहरुको लागी सामाजिक संस्थाहरुले पु¥याएको भूमिका थप आश्रित बनाएपनि जर्मन सहयोग नियोगको भूमिका भने दैनिकी सामान्य बनाउन र प्रभावितलाई पहिलेकै अबस्था फर्काउन सहयोग पुग्ने कार्यक्रम ल्याएको भन्दै आगामी दिनमा समेत सहयोगलाई निरन्तरता दिन आग्रह गर्नुभएको छ ।
उहाँले विपत्को कारण पुराना संरचना ध्वस्त भएर मुलकमा राजनीतिक, राज्य सञ्चालन लगायतमा देखिएको परिवर्तनलाई सहयोग पु¥याउन विदेसी सँस्थाको रुपमा देखाएको सराहनियतालाई आगामी दिनमा पनि भौतिक संरचना निर्माण र जिविकोपार्जनको प्राविधिक पक्षमा विदेसी सस्थाको सहयोग चाहेको बताउनुभएको छ ।
वडा कार्यालयका नयाँ भवन हस्तान्तरण गर्न आउनुभएका भारत तथा दक्षीण एसियाका लागी जर्मनका आर्थिक समन्वय तथा विकास उपप्रमुख एनेट फ्रिकले जनप्रतिनिधसंगको सहकार्य मार्फत वडा कार्यालय निर्माण जर्मन सरकारको लागी नमूना काम भएकाले आगामी दिनमा पनि निरन्तरा दिन चाहेको बताउनुभएको छ । उहाँले विपद र पुर्ननिर्माणमा पु¥याएको सहयोग जस्तै विपत् पश्चातको जिविकोपार्जन, शिक्षा, स्वास्थ्य लगायतमा सहयोग जारी राख्नको लागी स्थानीय विकास मन्त्रालयसंग छलफल भइरहेको बताउनुभएको छ ।
यस्तै, शिवपुरी गाँउपालिका अध्यक्ष रामकृष्ण थापाले नुवाकोटमा रहेका वडाहरुमध्ये वडा नं. ४ सिक्रेमा निर्माण गरिएको भवन उत्कृष्ट भएकाले अब जनतालाई प्रवाह गर्ने सेवा पनि प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिएको बताउनुभएको छ ।
वडाध्यक्ष झमकराज गुरुङले भूकम्पबाट पीडित भएका सिक्रेबासीको लागी भूकम्प लगत्तै अस्थायी संरचना निर्माणको लागी दुई बण्डल जस्तापाता, जाडोयामको लागी कम्बल वितरण गरी लगायतका सहयोग गर्दै अहिले जनतालाई सेवा दिनवडा कार्यालय निर्माण गरी पु¥याएको सहयोग प्रशंसनीय रहेकाले आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको बताउनुभएको छ
जर्मन सहयोग नियोग जि.आई.जेठ.को रिकभरी प्रोगाम नेपाल मार्फत नुवाकोटमा १७ वटा स्वास्थ्य चौकीको निर्माण गरी हस्तान्तरण भइसकेका छन भने अझै दुप्चेश्वर गाँउपालिकामा दुप्चेश्वर माध्यामिक विद्यालयको लागी आवश्यक भवन निर्माणको अन्तिम चरणमा पुगेको जर्मन सहयोग नियोग जिआईजेठका जिल्ला संयोजक सिद्धार्थ शर्माले जानकारी दिनुभएको छ ।

शिवपुरी गाँउपालिकाको वडा नंं ४ सिक्रेमा निर्माण गरिएको वडा कार्यालयमा पाँच कोठे पक्की भवन निर्माण गएको गएको कार्तिक देखि सुरु गरी ६ महिना भित्र पूरा गर्न ४६ लाख ८० हजार रुपैयाँ खर्च भएको उहाँले जानकारी दिनुभएको छ ।
वडा कार्यालय हस्तान्तरण कार्यक्रममा शिवपुुरी गाँउपालिकामा रहेका विभिन्न वडामा रहेका वडाअध्यक्ष, वडासदस्य र कार्यपालिका सदस्यहरु वडासचिव र आवास निर्माणाम खटिएका प्राविधिक, सामाजिक समूह, शिक्षक लगायत वडा भित्रका नागरिकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार