आइतबार, जेष्ठ ६ २०८१

तारकेश्वर गाँउपालिकालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा


  • ककनी खबर
  • बुधबार, जेष्ठ २ २०७५

जेठ १ तारकेश्वर नुवाकोट
नुवाकोटको आठौ स्थानीयतहको रुपमा नुवाकोटको आठौ स्थानीयतहको रुपमा तार्केश्वर गाँउपालिकालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ ।
गाँउपालिकाको ६ वटा वडामा रहेका तीन हजार पाँच सय ११ मध्ये करिब ९९ प्रतिशत घरमा पक्की शौचालय निर्माण भएसगै प्रदेससभा सदस्य हिरानाथ खतिवडाले खुल्ला दिशामुक्त क्षेत्र भएको घोषणा गर्नुभएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शन्तमान तामाङले खुल्ला दिशामुक्त क्षेत्र घोषणालाई कार्यान्वयन गरी दिगो रुपमा स्वास्थ्य क्षेत्रमा सुधार गर्न स्वच्छ खानेपानी, बालबालिकामा पूर्णखोपयुक्तको पहुँचमा ल्याउन सुझाब दिनुभएको छ ।

यस्तै, गाँउपालिका अध्यक्ष रमेशबहादुर वस्तीले यसअघि वडा नंं २, ३ र४ गरी तीन वटा वडा मात्र खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएकोमा बाँकी रहेका तीन वटा वडा सहित आज सिङ्गो गाँउपालिका नै घोषणा गर्न सफल भएकाले त्यसलाई कायम राख्न जनताबाट पनि सहयोग हुुनुपर्ने बताउनुभएको छ ।

खुल्ला दिशामुक्त क्षेत्र कायम गराउन आवश्यकताको आधारमा सार्वजनिक शौचालय, चरम अभाव रहेको खानेपानीको व्यवस्था सहज बनाइने नीति गाँउपालिकाले अवलम्बवन गरिसकेको उहाँले बताउनुभएको छ ।
कार्यक्रममा गाँउपालिका उपाध्यक्ष तारादेवी रिमाल, सवै वडाका वडाध्यक्षहरु, महिला समूह, महिला स्वास्थ्य स्वंय सेविका, राजनीतिक दलका प्रतिनिधिहरु, विद्यालयका शिक्षक एंव विद्यार्थी लगायतको सहभागितामा चेतनामूलक झाकी, ¥याली समेत प्रस्तुत गरिएको थियोगरिएको छ ।
गाँउपालिकाको ६ वटा वडामा रहेका तीन हजार पाँच सय ११ मध्ये करिब ९९ प्रतिशत घरमा पक्की शौचालय निर्माण भएसगै प्रदेससभा सदस्य हिरानाथ खतिवडाले खुल्ला दिशामुक्त क्षेत्र भएको घोषणा गर्नुभएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शन्तमान तामाङले खुल्ला दिशामुक्त क्षेत्र घोषणालाई कार्यान्वयन गरी दिगो रुपमा स्वास्थ्य क्षेत्रमा सुधार गर्न स्वच्छ खानेपानी, बालबालिकामा पूर्णखोपयुक्तको पहुँचमा ल्याउन सुझाब दिनुभएको छ ।
यस्तै, गाँउपालिका अध्यक्ष रमेशबहादुर वस्तीले यसअघि वडा नंं २, ३ र४ गरी तीन वटा वडा मात्र खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएकोमा बाँकी रहेका तीन वटा वडा सहित आज सिङ्गो गाँउपालिका नै घोषणा गर्न सफल भएकाले त्यसलाई कायम राख्न जनताबाट पनि सहयोग हुुनुपर्ने बताउनुभएको छ ।
खुल्ला दिशामुक्त क्षेत्र कायम गराउन आवश्यकताको आधारमा सार्वजनिक शौचालय, चरम अभाव रहेको खानेपानीको व्यवस्था सहज बनाइने नीति गाँउपालिकाले अवलम्बवन गरिसकेको उहाँले बताउनुभएको छ ।
कार्यक्रममा गाँउपालिका उपाध्यक्ष तारादेवी रिमाल, सवै वडाका वडाध्यक्षहरु, महिला समूह, महिला स्वास्थ्य स्वंय सेविका, राजनीतिक दलका प्रतिनिधिहरु, विद्यालयका शिक्षक एंव विद्यार्थी लगायतको सहभागितामा चेतनामूलक झाकी, ¥याली समेत प्रस्तुत गरिएको थियो

प्रतिक्रिया
सम्बन्धित समाचार