आइतबार, जेष्ठ ६ २०८१

नयाँबस्ती सहकारी संस्था लि.को अध्यक्षमा विवेक ढकाल निर्वाचित


  • ककनी खबर
  • शनिबार, पुष २८ २०७५

पौष २८, लिखु/नुवाकोट । नयाँबस्ती सहकारी संस्था लि. लिखु २ नुवाकोटको १३ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाले विवेक ढकालको नेतृत्वमा नयाँ कार्यसमिति समेत चयन गरेको छ । साधारणसभाले उपाध्यक्षमा प्रकाश कुँवर, सचिबमा रामधन ढकाल र कोषाध्यक्षमा प्रकाश ढकाललाई चयन गरेको छ । अन्य सदस्यहरूमा सानुमाया राजभण्डारी,गोकर्ण लामिछाने,युवराज ढकाल, दिपक तामाङ र सुब्बा राई निर्वाचित भएका छन् ।

त्यस्तै साधारणसभाले लेखा समिती संयोजकमा तिल प्रसाद ढकाल र सदस्यहरुमा धर्म प्रसाद अधिकारी र शारदा प्रसाद ढकाललाई चयन गरेको छ । निर्वाचित अध्यक्ष विवेक ढकालले आफ्नो कार्यकालमा सहकारीका सम्पूर्ण सेयर सदस्यहरुको भावना अनुरुप नयाँ ढङ्गले चलाई रचनात्मक काम गर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार