आइतबार, जेष्ठ ६ २०८१

नेपाल आदिवासी जनजाती संघ तारकेश्वरको नेतृत्वमा मानबहादुर तामाङ


  • ककनी खबर
  • सोमबार, पुष ३० २०७५

पौष ३०, तारकेश्वर/नुवाकोट । नेपाल आदिवासी जनजाती संघ तारकेश्वर गाउँपालिका स्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा माननीय बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले मानबहादुर तामाङको अध्यक्षतामा २२ सदस्यीय तारकेश्वर गाउँपालिका स्तरीय कमिटी समेत गठन गरेको छ ।

हिजो जबरेचौर दाङसिङमा सम्पन्न भेलाले उपसभापतिमा दिल बहादुर श्रेष्ठ ,सचिवमा पुरुषोत्तम श्रेष्ठ ,सह-सचिवमा राम बहादुर तामाङ, कोषाध्यक्षमा गंगाबहादुर श्रेष्ठ चयन गरेको छ । त्यस्तै अन्य सदस्यहरुमा फुलमाया तामाङ, दिपक तामाङ, बिष्णुमान श्रेष्ठ, बद्री श्रेष्ठ, विनोद रेग्मी मगर, प्रेममान श्रेष्ठ, सुब्बा माझी,जयबहादुर तामाङ, महेश भुजेल, वीर बहादुर तामाङ, चतुरमान तामाङ, फुच्चेराम तामाङ, सम्झनामाया तामाङ, बिन्दा श्रेष्ठ, सुनमाया तामाङ, सन्चमाया तामाङ र गणेशबहादुर श्रेष्ठ चयन भएका हुन् ।

नेपाल आदिवासी जनजाती संघ नुवाकोटका अध्यक्ष भाग्यश्री लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघका केन्द्रिय महासचिव प्रशान्त राई, नेपाली काङ्ग्रेस नुवाकोटका निवर्तमान सभापति धुर्व अधिकारी,नेपाली काङ्ग्रेस नुवाकोट जिल्ला कोषाध्यक्ष महेन्द्र थिङ्ग,तारकेश्वर गाउँपालिकाका मेयरका प्रत्यासी तथा नेपाली काङ्ग्रेस नुवाकोटका नेता चोकराज शाक्य,तारकेश्वर नेपाली काङ्ग्रेस उपमेयर प्रत्यासी सुनमाया तामाङ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमबीच तारकेश्वर गाउँपालिकामा नेकपाका प्रभावशाली कार्यकर्ता प्रेम तामाङले नेकपा परित्याग गर्दै नेपाली काङ्ग्रेस प्रवेश गरेका छन् । उनले नेकपाको सरकार, नेता तथा कार्यकर्ताले गरेको क्रियाकलापले आफुमा निराशा पैदा भएको र देशमा कुनै परिवर्तन नआउने देखेर आफुले नेकपा पार्टी परित्याग गर्दै नेपाली काङ्ग्रेस पार्टी रोजेको प्रतिक्रिया दिए । उनलाई नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य बहादुर सिंह लामाले खादा ओडाएर स्वागत गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार