आइतबार, जेष्ठ ६ २०८१

त्रिशुली नदीमा हराएका व्यक्ति मृत अवस्थामा भेटिए


  • ककनी खबर
  • मंगलबार, माघ १ २०७५

माघ १ , करीब १ महिना अघिदेखि त्रिशुली नदिमा हराईरहेका रसुवा जिल्ला उत्तरगया गाउँपालिका वार्ड नम्बर २ बस्ने बर्ष १९ को मैते तामाङलाई आज मृत अवस्थामा फेला पारेको छ । उत्तरगया गाउँपालिका वार्ड नम्बर ५ मा स्थानिय बासिन्दाले खोलाको छेउमा मृत शरीर देखेपछि प्रहरीलाई खवर थिए र प्रहरीले मृतकका आफन्तलाई खवर गरि आवस्यक प्रक्रिया पूरा गरि लाश बुझाएका थिए ।

२०७५ पौष ४ गते माथिल्लो त्रिशुली थ्री ‘ए’को निर्माण सामाग्री चोरी गरेको अभियोगमा मैते तामाङ सहित उत्तरगया–२ का कोमल तामाङ, विकास परियार र नुवाकोटको विदुर नगरपालिका–३ का लक्ष्मी नेपालीलाई आवश्यक अनुसन्धान र कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय नुवाकोटमा ल्याउन लागिएको थियो । सोही क्रममा किस्पाङ–५ स्थित पैरेबेसी भन्ने स्थानमा आएपछि शौच गर्ने बाहनामा भाग्ने क्रममा मैते तामाङ नदीमा बेपत्ता भएको प्रहरीले जनाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार