आइतबार, जेष्ठ ६ २०८१

बट्टारमा मनाईयो विश्व भुकम्प सुरक्षा दिवस


  • ककनी खबर
  • बुधबार, माघ २ २०७५

माघ २ बिदुर/नुवाकोट । आज माघ २ अर्थात राष्ट्रिय भुकम्प सुरक्षा दिवस । १९९० माघ २ गते गएको बिनासकारी भुकम्पको सम्झना स्वरुप देशभर विभिन्न कार्यक्रमका साथ राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाईयो । सोही अनुरुप आज नुवाकोटमा पनि यस दिवसलाई मनाईएको छ ।

आज बिहान बिदुर नगरपालिकाको अगुवाईमा जिल्लामा भएका विभिन्न गैर सरकारी संघसंस्थाले ब्यानर सहित ढुङ्गेदेखि बट्टारसम्म र्याली निकालेका थिए । र्याली पश्चात् बट्टार क्याम्पस अगाडी परिणत भएको सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीले भुकम्प बाट कसरी बच्ने र कसरी उद्दार गर्ने भन्ने विषयमा जनचेतनामूलक नाटक प्रदर्शन गरेको थियो । सो पश्चात् नेपाली सेना श्रीनाथ गणका क्याप्टेन बिद्युत कुमार बस्नेतले भुकम्पबाट अपनाउनु पर्ने साबधानी बारे बताएका थिए ।

बिदुर नगरपालिकाका प्रमुख सन्जु पन्डितको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा, जिल्ला समन्बय समितीका उप प्रमुख अप्सरा थापा,प्रमुख जिल्ला अधिकारी उद्दव बहादुर थापा लगायतले २०७२ सालमा गएको भुकम्प र त्यसले गरेको बिनाश साथै त्यसपछि भुकम्पको बारेमा भएको सावधानी र अब त्यस्तै बिनाशकारी भुकम्प आउँदा के गर्ने भन्ने बिषयमा मन्तव्य राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार