आइतबार, जेष्ठ ६ २०८१

लिखु १ मा सिलाई कटाई तालीम संचालित


  • ककनी खबर
  • मंगलबार, माघ २२ २०७५

माघ २२, लिखु /नुवाकोट, महिला लक्षित सशक्तीकरण कार्यक्रम अन्तर्गत लिखु १ राउलस्वारामा सिलाइ कटाइ तालिम संचालित भएको छ । हिजो एक कार्यक्रम बिच लिखु गाउँपालिकाका अध्यक्ष धुर्ब श्रेष्ठले उक्त कार्यक्रमको उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले समाज र देश बिकासको लागि पुरुष संगै महिलालाई पनि सशक्तीकरण बनाउदै लानुपर्छ जसको लागि सर्वप्रथम महिलालाई स्वावलम्वी बनाउनुपर्छ त्यसैले यो तालिम संचालन गरेको बताए । उनले अब गाउँपालिकाका सबै स्थानमा विभिन्न तालिमहरु संचालन गर्ने समेत बताए ।

लिखु १ का वडा अध्यक्ष नरहरी पाण्डेले यस तालिमले तालिम लिने महिलाहरुलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने बताए । महिलाले आयआर्जन गरे परिवार बलियो हुने र जसले गर्दा परिवारमा महिलाको भुमिका बढ्ने र सिङ्गो समाजमा उसको आफ्नै पहिचान समेत हुने हुँदा यस्ता किसिमको तालिमको निकै महत्व हुने कुरा बताए ।

३ महिनासम्म संचालित हुने उक्त सिलाई कटाई तालिम स्थानिय २० जना महिलालाई दिन लागिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार