आइतबार, जेष्ठ ६ २०८१

लायन्स क्लबद्वारा सोलार प्यानल जडान सहित हस्तान्तरण


  • ककनी खबर
  • आइतबार, फाल्गुन ५ २०७५

फाल्गुन ५ /नुवाकोट ,  सामाजिक सेवामा अमुल्य योगदान गर्दै आएको लायन्स क्लव अफ ईन्टरनेशनलकाे सहयाेगमा नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नम्बर ५ देवीघाट स्थित जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको बृद्धाआश्रममा एक थान साेलार प्यानल जडान गरि हस्तान्तरण गरीएकाेछ ।

लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ बि १ का गभर्नर लायन अशाेक श्रेष्ठकाे प्रमुख आतिथ्यता र लायन्स क्लब अफ काठमाडौ म्यादी युथका अध्यक्ष राजाराम थापाकाे सभापतित्व बिच हिजो देविघाटमा एक औपचारिक कार्यक्रम सहित हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै गभर्नर श्रेष्ठले सामाजिक सेवामा लायन्स हरुकाे भूमिका महत्त्वपूर्ण रहकाे र सेवाकार्यमा एकमन भै लाग्नुपर्ने कुरा बताउनुभयाे । सामाजिक सेवामा सक्रिय लायन्स क्लवकाे लिभिङ बाई गिभिङ अर्थात “दिएर बाँचाै” भन्ने मूल कार्यक्रम अन्तरगत यी समाग्रीहरु बितरण गरिएको कुरा लायन्स क्लब अफ काठमाडौं ग्लाेबल टाउनका अध्यक्ष अुनुज कुमार श्रेष्ठले बताउनुभयाे ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष बिष्णु नेपाल, डिस्ट्रिकका पदाधिकारीहरु मणीश्री रत्न बज्राचार्य, हरि मरठ्ठा, रमेश श्रेष्ठले आ-आफ्नो मन्तव्य राख्नु हुँदै सामाजिक सेवामा लायन्स क्लवकाे भुमिका महत्वपूर्ण रहेको बताउनुभयाे । विभिन्न १६ वटा क्लबहरु तथा डिस्ट्रिक पदाधिकारीहरुकाे सहयोगमा गत माघ महिनामा साेलार प्यानल जडान गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयाे ।

प्रतिक्रिया
सम्बन्धित समाचार