आइतबार, जेष्ठ ६ २०८१

बट्टारको ‘स्विमिङ पुल’मा डुबेर एकजना गम्भीर, हेलिकप्टरबाट उद्धार गरेर काठमाडौ लगियो


  • ककनी खबर
  • मंगलबार, बैशाख ३ २०७६

बैशाख ३,बिदुर । विदुर नगरपालिका–२ स्थित बट्टारमा रहेको एक स्विमिङ पुल (पौडी खेल्न बनाएको पोखरी) मा डुबेर मंगलबार एक जना गम्भीर अशक्त भएका छन् ।

विदुर नगरपालिका– ६ इनारपाटी घर भएका २३ वर्षका शंकर न्यौपाने पौडी खेलिरहेको समयमा पोखरीमा डुबेपछि उद्धार गरी उपचारको लागी काठमाडौ लगिएको नुवाकोट प्रहरीले जनाएको छ ।

पोखरीमा डुबेर अचेत भएका न्यौपानेलाई उद्धार गरी विदुर स्थित चक्रदेव पोलिक्लिनिकमा उपचार पछि हेलिकोप्टरबाट अपरान्ह चार बजे काठमाडौ लगिएको हो ।
पोखरीमा ११ बजेतिर पौडी खेल्न गएका उनी करीब तीन बजेतिर डुबेको र केही समयमै उद्धार गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार