आइतबार, जेष्ठ ६ २०८१

गाउँपालिका अध्यक्षको निधन


  • ककनी खबर
  • सोमबार, बैशाख ९ २०७६

महोत्तरी । पिपरा गाउँपालिकाका अध्यक्षको निधन भएको छ। बिरामी भएर काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चौधरीको निधन भएको हो । ४५ वर्षको उमेरमा चौधरीको अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

चौधरीको मृत शरीरलाई महोत्तरी पिपरा लगिने भएको छ । उनी राष्ट्रिय जनता पार्टीको तर्फबाट गाउँपालिकामा निर्वाचित भएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार