आइतबार, जेष्ठ ६ २०८१

रानीपौवा पिपल्टार सडक खण्ड अवरुद्ध


  • ककनी खबर
  • बुधबार, साउन २८ २०७७

नुवाकोट । पासाङ ल्हामु राजमार्ग अन्र्तगत पर्ने रानीपौवा पिपलटार सडक खण्ड अवरुद्ध भएको छ ।
वर्षातको कारण सोमबार साझ बेलकोट – बाराही खण्डमा पहिरो गएको कारण सडक अवरुद्ध भएको हो । स्थानीयको अनुसार उक्त सडक खण्डमा साना ठूला गरी चार पाँच स्थानमा पहिरो गएको छ । सडक अवरुद्ध भएको लामो समय भइसक्दा पनि पहिरो पन्छाउने प्रयास सम्वन्धित निकायबाट नभएको स्थानीयको गुनासो रहेको छ । समीकरण समाचारबाट ।

प्रतिक्रिया
सम्बन्धित समाचार