आइतबार, जेष्ठ ६ २०८१

वर्ल्डलिंकको इन्टरनेटमा समस्या


  • ककनी खबर
  • बुधबार, असार ९ २०७८

काठमाडौं – इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकको सेवा अवरूद्द भएको छ । केही समयदेखि ग्राहकले इन्टरनेट सेवामा समस्या भोगिरहेका छन् ।

कम्पनीकाे मुख्य इन्टरनेट गेटवे राउटरमा प्राविधिक समस्या देखिँदा सिस्टम डाउन भएकाे जनाइएकाे छ ।

प्राविधिक टिमले ब्याकअप राउटरमा ट्राफिक स्वीच गरिरहेको जानकारी दिँदै कम्पनीले केही समयमै सेवा सुचारू हुने जनाएको छ ।

यस्तै, आज बिहानमा नेपाल टेलिकमको जीएसएम मोबाइल सेवामा अप्रत्याशित समस्या आएको थियो । टेलिकमले करिब २ घण्टामै सेवा सुचारु गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार