Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

आईसीसी विश्वकप क्रिकेट लिग–टू मा नेपालले यूएईलाई हरायो

Main News Image
Kakani Khabar add

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले यूएईलाई हराएको छ । आज भएको खेलमा नेपालले यूएईलाई ३७ रनले हराएको हो । नेपालले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभर २ बलमा १ सय ६३ रन बनाएर अलआउट भयो ।


यूएईका हर्पि्रत सिंहले ३९ र मोहम्मद वसिमले ३४ रन बनाए । नेपालका करण केसीले ४ विकेट लिए । यो जीतसँगै नेपालले २ अङ्क थप गरेर २१ खेलमा १४ अङ्क बनाएको छ । नेपालभन्दा अङ्क तालिकामा पछि रहेको टोली युएई २१ खेलमा १० अङ्कका साथ पुछारमा छ ।


यस्तै नेपालले खेल्ने अर्को टोली ओमान २४ खेलबाट २९ अङ्कसहित तेस्रो स्थानमा छ । अहिलेसम्म २४ खेल खेलेको अमेरिका ३६ अङ्क जोडेर शीर्षस्थानमा छ । अब नेपालले बुधवार ओमानसँग खेल्नेछ ।


अङ्क तालिकाको अन्तिम दुईमा रहेका नेपाल र यूएई दुवै टोलीलाई शीर्ष–६ मा रहेर एकदिवसीय मान्यता जोगाउने मुख्य चुनौती छ । घरेलु मैदानमा चलिरहेको यो शृङ्खलामा नेपालसहित युएई र ओमान रहेका छन् । यी टोलीले एक आपसमा दुई–दुई खेल खेल्नेछन् । त्यसपछि नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित श्रृंखला खेल्नेछ । 

Kakani Khabar add

सम्बन्धित खबर

विश्व रक्तदाता दिवस

काठमाडौँ । आज विश्व रक्तदाता दिवस हो । ‘मानवताका लागि एक थोपा रगत, रक्तदान गरौँ, जीवन बचाऔँ’ नाराका साथ विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै छ ।


सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकताबारे चेतना अभिवृद्...

नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक बहुमतले पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक’ बहुमतले पारित गरेको छ ।



बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोवि...

वर्षायाममा बिजुली खपत बढाउन सहुलियत दिने सरकारको तयारी

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् स्वदेशमै खपत गराउन विशेष सहुलियतको तयारी भइरहेको बताउनुभएको छ ।


विराटनगरमा मोरङका उद्योगी तथा व्यवसायीसँगको छलफलमा मन्त्री श...

तारकेश्वरका शैक्षिक सँस्था आइतबार पनि खुल्ने, बैशाख २ देखि विद्यालय सुचारु हुने

नुवाकोट । तारकेश्वर गाउँपालिकामा रहेका शैक्षिक सँस्थाहरु आइतबार पनि पूर्ववत रुपमा सञ्चालन हुने भएको छ ।

तारकेश्वर गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समिति संयोजक शिव अधिकारी (अविरल)ले गाउँपालिकाभित्रका शैक्षिक संस्थाहरूलाई आज चार बुँदे निर्द...

बागमतीका मुख्यमन्त्री बानियाँको राजीनामा

काठमाडौँ ।  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिनुभएको छ । आज दिउँसो बसेको बागमती प्रदेशसभा बैठकमा विश्वासको मत प्रस्तावलाई सम्बोधन गर्दै उहाँले राजीनामाको घोषणा गर्नुभएको हो ।


नेकपा एमालेले स...

नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी

काठमाडौँ । नेपाल औषधि लिमिटेड २५ वर्षपछि फेरि नाफामा फर्किएको छ । आर्थिक वर्ष २०८१/८२ मा १० करोड रुपैयाँभन्दा बढी घाटामा रहेको संस्था आर्थिक वर्ष २०८२/८३ मा भने झण्डै ३ करोड रुपैयाँ नाफा कमाउन सफल भएको हो ।


संस्थाका महाप्रबन्धक कै...