Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

बागमतीका मुख्यमन्त्री बानियाँको राजीनामा

Main News Image
Kakani Khabar add

काठमाडौँ ।  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिनुभएको छ । आज दिउँसो बसेको बागमती प्रदेशसभा बैठकमा विश्वासको मत प्रस्तावलाई सम्बोधन गर्दै उहाँले राजीनामाको घोषणा गर्नुभएको हो ।


नेकपा एमालेले सरकारलाई दिएको समर्थन साउन ६ गते फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज विश्वासको मत लिन खोज्नुभएको थियो । तर आफ्नो पक्षमा बहुमत नपुग्ने देखेपछि उहाँले राजीनामा दिनुभएको हो ।


१०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ जना सांसदको समर्थन आवश्यक पर्छ । नेपाली कांग्रेसका ३६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का २६, एमालेका २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।

Kakani Khabar add

सम्बन्धित खबर

केही स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ ।


जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा तराई भू–भागमा आं...

सिभिल अस्पतालमा औषधि खरिदमा भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । काठमाण्डौको मीनभवनमा रहेको निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा औषधि खरिदमा भ्रष्टाचार भएको भन्दै ८ जनाविरुद्ध मुद्दा दायर भएको छ ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ करोड ९१ लाख २४ हजार ५४७ रुपैयाँ बिगो मा...

तारकेश्वर गाउँपालिकाको सबै वडामा ‘अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम’ सम्पन्न

नुवाकोट । तारकेश्वर गाउँपालिकाले सोमबारदेखि सुरु गरेको आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) वितरण, निःशुल्क स्वास्थ्य परीक्षण, औषधी तथा परामर्शसहितको ‘गाउँपालिका अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम’ शुक्रबार...

मध्यपूर्वको महासंग्राम : ७५ वर्ष दुस्मनीदेखि ‘अपरेसन शिल्ड अफ जुडा’सम्म

अपरेसन शिल्ड अफ जुडा’ पछि यदि इरानका तेल भण्डारहरूमा क्षति पुग्यो भने विश्व बजारमा तेलको अभाव भई मूल्य आकाशिन सक्छ। यसले अमेरिका र इजरायलले इरानको तेल उत्पादन क्षमतालाई नष्ट गर्ने कि केवल सैन्य अखडामा सीमित रहने भन्नेमा गम्भीर रणनीतिक दबाब महसुस ग...

अध्यक्ष अधिकारीको महिला सशक्तीकरण अभियान जारी, दुई आमा समूहलाई डेढ लाख सहयोग

नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी (अविरल)ले महिला सशक्तीकरण अभियानलाई निरन्तरता दिँदै वडा नम्बर १ का दुई आमा समूहलाई नगद तथा सामग्री सहयोग हस्तान्तरण गर्नुभएको छ ।


आज आयोजित कार्यक्रममा अध्यक्ष अधिकारीले तल्लोहिले...

चट्याङ लागेर सूर्यगढीमा एक घरमा क्षति, रास्वपाको टोलीबाट घटनाको स्थलगत अवलोकन

नुवाकोट । सूर्यगढी गाउपालिका-४ स्थित केराघारीमा चट्याङ लागेर एकघरमा पूर्ण क्षति भएको छ ।


हिजो अपरान्ह सवा ४ बजेको समयमा परेको चट्याङले स्थानी राजु तामाङको घरमा क्षति पुगेको हो । चट्याङले घरको विद्युतीय मिटरबक्स सहित बत्ति लगायतका...