Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

Main News Image
Kakani Khabar add

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले आज कुशेऔँसी पर्व मनाउँदैछन् ।


हरेक वर्ष भदौ कृष्ण औँसीका दिन मनाइने यस पर्वमा वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याउने गरिन्छ । धार्मिक मान्यताअनुसार यसरी विधिपूर्वक घरमा राखिएको कुशले परिवारको कल्याण हुने विश्वास गरिन्छ ।


आजका दिन उखेलिएको कुश वर्षभरि देवकार्य र पितृकार्यमा प्रयोग गर्न सकिने तथा अन्य दिन उखेलिएको कुश त्यही दिन मात्र प्रयोग गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ । कुशेऔँसीलाई बाबुको मुख हेर्ने दिन तथा पितृसम्मान दिवसका रूपमा पनि मनाइन्छ ।


यस दिन छोराछोरीले जीवित बाबुलाई आफूलाई मन पर्ने मिठाइ तथा भोजन खुवाएर आदर–सम्मान प्रकट गर्छन् र बाबुको आशीर्वाद लिने चलन छ । बाबु दिवङ्गत भइसकेकाहरूले भने विभिन्न तीर्थस्थलमा पुगेर बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गर्ने र सिदादान गर्ने गर्छन् ।


यसैबीच, मधेसको प्राचीन मिथिला क्षेत्रमा आज ‘कुशअमबसीया’ पर्व मनाइँदैछ । भदौ औँसीका दिन मनाइने यस पर्वमा मैथिल समुदायले वैदिक मन्त्रोच्चारणसहित धार्मिक विधिबाट कुश सङ्ग्रह गरी घरमा राख्ने परम्परा छ ।


मैथिल परम्परामा आज सङ्ग्रह गरिएको कुशलाई वर्षभरि गरिने पितृकार्य, शुभकार्य तथा विभिन्न धार्मिक कर्मकाण्डमा प्रयोग गरिन्छ । कर्मकाण्डका ज्ञाताहरूका अनुसार कुशबिना हिन्दू परम्पराका अधिकांश धार्मिक कार्य सम्पन्न नहुने मान्यता छ । 

Kakani Khabar add

सम्बन्धित खबर

अख्तियारमा १ वर्षमा ३३ हजारभन्दा धेरै उजुरी

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गएको आर्थिक वर्षमा भ्रष्टाचारसम्बन्धि सबैभन्दा धेरै उजुरी पालिकासँग सम्बन्धित परेका छन् । आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षामार्फत् अख्तियारले उजुरी, अनुसन्धान, मुद्दा फछ्र्यौटलगायतका तथ्यांक सार्व...

एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा भर्ना हुनुभएको छ । 


उहाँलाई त्रिवि शिक्षण अस्पतालको ‘एनेक्स वान’ भवनको ५०१ नम्बर बेडमा भर्ना गरिएको हो । ओली मिर्गौलाको बिरामी हुनुहुन्छ । आवश्यक...

दोलखाको यलुङ री हिमालको आधार शिविरमा ५ वटा शव भेटिए

काठमाडौँ । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ मा पर्ने रोल्वालिङ हिमशृङ्खलाअन्तर्गत यलुङ री हिमालको आधार शिविरमा ५ वटा शव भेटिएका छन् । आधार शिविरमा हिजो शव भेटिएका हुन् ।


जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार ती शव गएको वर्ष कात्तिक...

उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनमा दिनुभएको छ । उहाँले आज प्रधानमन्त्री वालेन्द्र शाह शाहसमक्ष राजीनामा दिनुभएको मन्त्री यादवको सचिवालयले जनाएको छ ।


ग्यास अभाव कम गर्न नसक्दा मन्त्री यादव...

नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक बहुमतले पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक’ बहुमतले पारित गरेको छ ।



बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोवि...

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाडौँ । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 


महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ, उदयपुर, ओखलढुङ्गा, सिन्धुली, दोलखा, रामेछाप,...