Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

Main News Image
Kakani Khabar add

काठमाडौँ । सरकारले आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिन भिटामिन ‘ए’ सँगै जुकाको औषधि पनि खुवाउन लागेको हो । स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लिलाविक्रम थापाका अनुसार ६ महिनादेखि ५९ महिनाका झण्डै २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ । यस्तै, एक वर्षदेखि पाँच वर्षमुनिका झण्डै २० लाख बालबालिकालाई जुकाको औषधि ‘अलबेन्डाजोल’ पनि खुवाउन थालिएको छ । त्यसका लागि पालिकाले पायक पर्ने ठाउँमा खोप केन्द्र स्थापना गरेका छन् । कार्यक्रममा झण्डै ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएका छन् । भिटामिन ‘ए’ ले बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता र वृद्धि विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने अनि जुकाको औषधिले पेटका किरा हटाउने, कुपोषण, रगतको कमी, पेट दुख्ने, झाडापखालाजस्ता समस्याबाट जोगाउने डाक्टरले बताएका छन् । हरेक वर्ष कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउने गरिन्छ ।

Kakani Khabar add

सम्बन्धित खबर

त्रिविको प्रश्नपत्र ‘आउट’ गरेको आरोपमा २ जना पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन सङ्कायअन्तर्गत एमबीएस प्रथम सत्रको प्रश्नपत्र परीक्षा शुरू भएकाे केही मिनेटमा आउट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।


गएको शुक्रवार अर्थात् साउन ८ गते भएको ‘अर्गनाइजेशनल...

मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलिदेखि पुनः शुरू हुँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलिदेखि पुनः सञ्चालन गर्दैछ । आयोगको यही चैत १८ गतेको बैठकले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः थाल्ने निर्णय गरेको हो ।


राष्ट्रिय परिचय...

साउनमा ७० हजारभन्दा धेरै नेपाली वैदेशिक रोजगारीमा गए

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रोजगारी खोज्दै विदेश जाने नेपालीको संख्या ७० हजारभन्दा धेरै रहेको छ ।


वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार साउनमा नयाँ र पुनः श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ७०...

रसुवामा ड्रोनमार्फत वनस्पति र घाँसका बीउ छरियो

काठमाडौँ । रसुवामा डढेलोले उजाड बनाएको वन क्षेत्रमा ड्रोन प्रविधिमार्फत वनस्पति र घाँसका बीउ छरिएको छ । २०६५ सालको भीषण डढेलोका कारण उजाड बनेको क्षेत्रमा हरियाली फर्काउन डिभिजन वन कार्यालय रसुवाले बीउ छर्न थालेको हो ।


दुर्गम भौगोल...

पश्चिम तराईमा मधेशवादी दल अस्तित्वको संघर्षमा

मधेश आन्दोलनको मर्म कमजोर बन्दै जाँदा एकातिर राष्ट्रिय आयतनका ठूला पार्टीहरूले नै मधेशी समुदायका उम्मेदवारको संख्या घटाउन थालेका छन्, अर्कातिर मधेशवा...

मनसुनजन्य विपद‍्बारे राष्ट्रियसभामा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौँ । मनसुनजन्य विपद् व्यवस्थापन र पूर्वतयारी कमजोर रहेको भन्दै विपक्षी दलहरूले राष्ट्रियसभामा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् ।


नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, नेकपा एमाले र जनता समाजवादी पार्टीले सं...