Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

आज र भोलि देशका विभिन्न ठाउँमा ठूलो वर्षा र हावाहुरीको सम्भावना

Main News Image
Kakani Khabar add

काठमाडौँ । आज र भोलि देशका विभिन्न ठाउँमा ठूलो वर्षा र हावाहुरीको सम्भावना रहेकाले सचेत रहन मौसमविद्हरूले आग्रह गरेका छन् ।


मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोपछि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा ठूलो वर्षा र हिमपातको सम्भावना छ । साथै दाङ, नेपालगञ्ज र लुम्बिनी प्रदेशका तराई क्षेत्रहरूमा तीव्र गतिमा हुरी चल्ने अनुमान छ । भोलिसम्म विराटनगर, धनकुटा र धरान आसपासका ठाउँमा ११९ किलोमिटर प्रतिघण्टाको गतिमा तीव्र हुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।


जलवायु विज्ञ उज्जवल उपाध्यायका अनुसार आज दिउँसोपछि नेपालमा पश्चिमबाट वर्षा गराउने प्रणाली प्रवेश गर्ने देखिन्छ । यस प्रणालीको प्रभावले दार्चुला, डडेल्धुरा, हुम्लालगायतका उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ ।


यसैगरी बारा र रौतहट क्षेत्रमा स्थानीय मौसमी गतिविधिका कारण साँझतिर केही वर्षा हुन सक्छ । साँझ ढल्दै जाँदा धादिङ, उत्तरी चितवन, तनहुँ र गोरखा आसपासका क्षेत्रमा वर्षा केन्द्रित भई मध्यम वर्षा हुने उहाँको अनुमान छ ।


काठमाण्डौ उपत्यकामा पनि साँझ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ र राति पनि केही बेर वर्षा हुनेछ ।


रातिदेखि भोलि बिहानसम्म कर्णालीको तल्लो तथा लुम्बिनीको माथिल्लो भू–भागमा ४–५ घण्टासम्म वर्षा हुन सक्ने उपाध्यायले सामाजिक सञ्जालमा लेख्नुभएको छ । उहाँका अनुसार सुर्खेत, सल्यान र ढोरपाटन आसपासका क्षेत्रमा अपेक्षाकृत बढी वर्षा हुने हुँदा नदीको सतह केही बढ्न सक्ने र सामान्य भू–क्षय वा साना पहिरो जान सक्ने देखिन्छ ।


यसै समयमा कपिलवस्तु र रुपन्देही आसपास क्षेत्रमा पनि २–४ घण्टा ठूलो पानी पर्न सक्ने जलवायु विज्ञ उपाध्यायले बताउनुभएकाे छ । भोलि बिहानसम्म वर्षा प्रणाली पूर्वतर्फ सर्ने र यसले मेची–कोशी क्षेत्रका इलाम, धनकुटा, धरान र माथिल्लो झापा क्षेत्रमा २–४ घण्टा ठूलो पानी पर्न सक्ने उहाँको भनाइ छ ।


यस्तै हावाहुरी पनि आउने र हुरीका कारण रुख ढल्ने, कमजोर संरचना क्षतिग्रस्त हुने तथा विद्युत् र सञ्चार सेवा प्रभावित हुने जोखिम रहेकाले सचेत हुन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।


प्राधिकरणले प्रभावित क्षेत्रका बासिन्दा र यात्रुलाई अनावश्यक यात्रा नगर्न तथा हावाहुरी चलेको बेला घरको इन्धन बन्द गर्न, सुरक्षित ठाउँमा बस्न र गाडी सञ्चालन नगर्न भनेको छ । साथै कमजोर संरचना र विद्युत् तारहरूमा जोखिम हुन सक्ने भएकाले विद्युत् उपकरण नचलाउनसमेत प्राधिकरणको अनुरोध छ ।


कोशी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा रातिदेखि नै हल्का वर्षा भइरहेको छ । धेरै ठाउँमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


प्रि–मनसुनको योबेला दिउँसोपछि जुनसुकै ठाउँमा पनि हावाहुरी चल्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री रायमाझी र खाणसहित १५ जना दोषी ठहर

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वगृह सचिव टेकनारायण पाण्डेसहित १५ जना दोषी ठहर भएका छन् । 


मुद्दा दायर भएको तीन वर्षपछि जिल्ला अदालत का...

ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न माग

काठमाडौँ । हिजो पक्राउ पर्नुभएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले माग गरेपछि काठमाण्डौ जिल्ला अदालतमा त्यसबारे बहस भइरहेको छ ।


प्रहरीले...

मनसुनजन्य विपद‍्बारे राष्ट्रियसभामा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौँ । मनसुनजन्य विपद् व्यवस्थापन र पूर्वतयारी कमजोर रहेको भन्दै विपक्षी दलहरूले राष्ट्रियसभामा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् ।


नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, नेकपा एमाले र जनता समाजवादी पार्टीले सं...

नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी

काठमाडौँ । नेपाल औषधि लिमिटेड २५ वर्षपछि फेरि नाफामा फर्किएको छ । आर्थिक वर्ष २०८१/८२ मा १० करोड रुपैयाँभन्दा बढी घाटामा रहेको संस्था आर्थिक वर्ष २०८२/८३ मा भने झण्डै ३ करोड रुपैयाँ नाफा कमाउन सफल भएको हो ।


संस्थाका महाप्रबन्धक कै...

पेट्रोलमा प्रतिलिटर २० तथा डिजेल र मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको भाउ घटाएको छ ।


अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले गए राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको भाउ घटाएको हो । निगम सञ्चालक समि...

नागढुङ्गा–नौबिसे सुरुङ मार्ग साउनको तेस्रो हप्तादेखि सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ । नेपालको पहिलो व्यावसायिक सुरुङ मार्ग ‘नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग’ आउँदो साउनदेखि सञ्चालन गर्ने तयारी भइरहेको छ । 


नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार साउनको तेस्रो हप्तासम्म...