Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँः मानव अधिकार आयोग

Main News Image
Kakani Khabar add

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथामका लागि आत्महत्याबारे मौन नरही संवाद सुरु गर्न तथा सङ्कटमा रहेका व्यक्तिलाई सुन्ने, बुझ्ने र सहयोग गर्ने वातावरण निर्माण गर्न आग्रह गरेको छ । विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आज प्रेस–विज्ञप्ति जारी गर्दै आयोगले आत्महत्या मानसिक स्वास्थ्यको मात्र विषय नभई जीवन, मर्यादा, स्वास्थ्य, सुरक्षा तथा सम्मानपूर्वक बाँच्न पाउने अधिकारसँग सम्बन्धित गम्भीर मानव अधिकारको विषय भएको जनाएको हो ।


आयोगले मानसिक तनाव, चिन्ता तथा निराशा, घरेलु तथा लैङ्गिक हिंसा, दीर्घकालीन मानसिक स्वास्थ्यसम्बन्धी समस्या, आर्थिक समस्या, गरिबी तथा बेरोजगारीलगायतका कारण आत्महत्याका घटना हुने गरेको विभिन्न अध्ययनबाट देखिएको जनाएको छ । साथै, आत्महत्या रोकथामलाई मानसिक स्वास्थ्यको सीमित विषयका रूपमा मात्र नहेरी व्यक्तिको जीवन र मर्यादाको अधिकारसँग जोडेर सम्बोधन गर्नुपर्नेमा आयोगले जोड दिएको छ ।


सङ्कटमा रहेका व्यक्तिलाई सुन्ने, बुझ्ने र सहयोग गर्ने वातावरण निर्माण गर्न तथा आत्महत्याको प्रयास गरेका व्यक्ति र आफन्त गुमाएका परिवारलाई दोष लगाउने, लाञ्छना लगाउने वा सामाजिक बहिष्करण गर्ने कार्य अन्त्य गर्न आयोगले सरकार तथा सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।


यस्तै, आत्महत्याको जोखिममा रहेका व्यक्तिलाई सम्मान, गोपनीयता, भेदभावरहित व्यवहार र आवश्यक सहयोग उपलब्ध गराउन आयोगले आग्रह गरेको छ । विश्व आत्महत्या रोकथाम दिवस हरेक वर्ष सेप्टेम्बर १० तारिखमा मनाइन्छ । यस वर्ष सन् २०२६ का लागि ‘संवाद सुरु गरौँ’ भन्ने नारा तय गरिएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद

काठमाडौँ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रसुवा भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलले बरामद भएका अवैध सामग्री सार्वजनिक गरेको छ ।


राजस्व चुहावट नियन्त्रण अभियानअन्तर्गत ती निकायको संयुक्त प्रयास...

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो ।...

मनसुनजन्य विपद्प्रति उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर बाढी, पहिरो, कटान, डुबान, चट्याङ तथा सर्पदंशजस्ता विपद्को जोखिम उच्च रहने भएकाले विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।


प्राधिकरणले जनध...

तीनपिप्ले–गल्छी सडकको स्तरोन्नतिको माग गर्दै काठमाडौमा धर्ना

काठमाडौं । ककनी गाउँपालिका तथा बेलकोटगढी नगरपालिकाका स्थानीय नागरिकहरूले वर्षौँदेखि अलपत्र अवस्थामा रहेको तीनपिप्ले–गल्छी सडकको स्तरोन्नति तथा कालोपत्रे निर्माण कार्य शीघ्र अघि बढाउन माग गर्दै माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना गर...

नुवाकोटको लिखु गाउँपालिकाले संस्थागत विद्यालयहरूको शुल्क निर्धारण गर्‍यो

नुवाकोट । लिखु गाउँपालिका शिक्षा शाखाले गाउँपालिका भित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयहरूको लागि शुल्क निर्धारण गरेको जनाएको छ ।

पालिकाले तोकेको शुल्कभन्दा बढी रकम असुल गरेको पाइएमा वा पालिकाबाट जारी निर्देशनको अवज्ञा गरेमा सम्बन्धित पक्...

युवा लक्षित रोजगारी र स्वयंसेवा कार्यक्रम विस्तार गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै विभाग तथा निकायलाई युवाका लागि रोजगारी, पारिश्रमिकसहितको प्रशिक्षण तथा स्वयंसेवाका अवसर विस्तार गर्दै परिणाममुखी ढङ्गले काम गर्न निर्देशन दिनुभएको छ ।


क...