Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

Main News Image
Kakani Khabar add

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा माल्यार्पणसहित विशेष कार्यक्रमको आयोजना गरिएको छ । वि.सं. १८७१ साल असार २९ गते तनहुँको चुँदीरम्घामा भानुभक्तको जन्मभएको हो ।


संस्कृत भाषामा लेखिएको ‘रामायण’ लाई नेपालीमा प्रस्तुत गरेर भानुभक्तले ठूलो गुण लगाउनु भएको रुपमा लिईन्छ । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत महत्वपूर्ण काम गरेको मानिन्छ ।


‘वधुशिक्षा’ ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत उहाँका कृति छन् । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ ।


घरघरमा उहाँले नेपाली भाषामा भावानुवाद गर्नुभएको रामायण पाठ गरी भानु जयन्ती मनाउँछन् । भानु प्रतिष्ठान र नेपाली शिक्षा परिषद्लगायत सङ्घसंस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।


भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका ठाउँमा पनि मनाउने गरिन्छ ।

Kakani Khabar add

सम्बन्धित खबर

सरकारले कक्षा १२ को उत्तरपुस्तिकाको नमूना परीक्षण गर्ने

नेपाल टेलिकमको हराएको सिम अनलाइनबाटै पुनःप्राप्त गर्न सकिने

काठमाडौँ । नेपाल टेलिकमको हराएको वा बिग्रेको सिमकार्डको सट्टामा नयाँ सिम अनलाइनमार्फत प्राप्त गर्न सकिने सेवा सञ्चालनमा आएको छ ।


डिजिटल सेवा विस्तार, सेवा प्रवाहलाई सहज बनाउने र ग्राहकमैत्री प्रणाली विकास गर्ने उद्देश्यअनुसार यो स...

विश्वकपको अनधिकृत प्रसारण गर्ने तयारीमा रहेका ३५ वेबसाइट र एप बन्द गर्न निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप फुटबल २०२६ का खेलहरू अनधिकृतरूपमा प्रसारण गर्ने तयारीमा रहेका ३५ वटा वेबसाइट र एपहरू तत्काल बन्द गर्न माेबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएकाे छ ।


विभिन्न पाइरेटेड...

दूरसञ्चार प्राधिकरणमा घिमिरे र प्रेस काउन्सिलमा श्रेष्ठ नियुक्त

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को यही असार २४ गतेको निर्णयअनुसार उहाँहरू नियुक्त हुनुभएकाे हो ।


नवनियुक्त अध्यक्षद्व...

बारा घटनामा संलग्न किशोरको बयानको भिडियो खिच्ने एक प्रहरी पक्राउ

काठमाडौँ । बाराकी बालिका गरिमा चौधरीको बालात्कारपछिको हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प्रकाउ परेका छन् । किशोरको बयान चलिरहेको बेलामा बयान कक्षमा खिचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

...

खाना पकाउने ग्याससहित सबैजसो पेट्रोलियम पदार्थको भाउ बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित सबैजसो पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउमा उतारचढाव भइरहेको उल्लेख गर्दै निगमले भाउ बढाएको हो । 


पेट्रोलमा प्रतिल...