Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

Main News Image
Kakani Khabar add

नुवाकोट । भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ जना पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा १३, नुवाकोटमा ५१, धादिङमा ४५, गोरखामा ४८, नवलपरासी पूर्वमा १५८, नवलपरासी पश्चिममा ४७, तनहुँमा ३१ र चितवनमा २३३ जनाको शव फेला परेको हो ।


अहिलेसम्म १२९ विदेशी नागरिकसहित चार हजार ४५१ जनाको उद्धार गरिएको छ । त्यसमध्ये जलविद्युतको सुरुङबाट १९१ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । त्यस्तै बाढीमा परेर २ हजार ४२६ जना सम्पर्कविहीन छन् । नेपाल प्रहरीका २७, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका ४ जना सम्पर्कविहीन छन् ।


रसुवाबाट ५६२ र नुवाकोटबाट ११५ जना, मकवानपुरबाट ६५ जना सम्पर्कविहीन रहेको विवरण प्राप्त छ । त्यस्तै जलविद्युत आयोजनातर्फ ९३३ जना र विदेशी नागरिक १२७ जना पनि सम्पर्कमा छैनन् । लाङटाङ निकुञ्जमा ३ जना सम्पर्कविहीन छन् । १०१ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।


खोज तथा उद्धारको लागि १५ हजारभन्दा धेरै सुरक्षाकर्मी खटिएका छन् । बाढीको चौथो दिन आज पनि खोज, उद्धार र राहत वितरणको कामलाई निरन्तरता दिएको सरकारले जनाएको छ । खोज तथा उद्धारका लागि नेपाली सेना र निजी कम्पनीका गरी १६ वटा हेलिकोप्टर परिचालन गरिएको छ । तर जंगल र अप्ठ्यारो भूबनोट भएका ठाउँमा अलपत्र परेकाहरुको उद्धार हुन नसकेको गुनासो छ ।

Kakani Khabar add

सम्बन्धित खबर

केही स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ ।


जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा तराई भू–भागमा आं...

आज हरिशयनी एकादशी मनाइँदै

काठमाडौँ । हरेक वर्ष असार शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरु हुँदैछ । एक महिनाअघि जेठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको बिरुवा आज मोठमा सारिन्छ ।


सना...

सूचना प्रविधि विभाग ‘विद्युतीय शासन कार्यालय’ मा रूपान्तरण हुने

काठमाडौँ । सरकारले सूचना प्रविधि विभागलाई अब ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ का रूपमा रूपान्तरण गर्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालका अनुसार सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण...

पश्चिम तराईमा मधेशवादी दल अस्तित्वको संघर्षमा

मधेश आन्दोलनको मर्म कमजोर बन्दै जाँदा एकातिर राष्ट्रिय आयतनका ठूला पार्टीहरूले नै मधेशी समुदायका उम्मेदवारको संख्या घटाउन थालेका छन्, अर्कातिर मधेशवा...

मुस्ताङमा सशस्त्र प्रहरी बलले समातेका ‘बीवाइडी’ गाडी फुकुवा

काठमाडौँ ।  मुस्ताङमा दुई हप्तादेखि सशस्त्र प्रहरीले समातेका ‘बीवाइडी’ कम्पनीको चिनियाँ विद्युतीय गाडी फुकुवा गरिएको छ ।


सशस्त्र प्रहरी बल नेपालले जोमसोम र कोरला नाकामा नियन्त्रणमा लिइएका ती गाडी अस्ति आइतबार बेलुकादेखि फुकुव...

सुनचाँदीको भाउ आज पनि घट्यो, सुन तोलाको २ लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार

काठमाडौँ । सुनचाँदीको भाउ आज पनि सामान्य घटेको छ । हप्ताको पहिलो कारोबारकाे दिन हिजो ४०० रुपैयाँले घटेको सुनको भाउ आज तोलामा ९०० रुपैयाँले घटेको छ ।


सुन आज तोलाको २ लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी...