Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

Main News Image
Kakani Khabar add

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले उपभोक्ताले असारमा खपत गरेको बिजुली महसुलमा तिरिसकेको मूल्य अभिवृद्धि कर (भ्याट) रकम अग्रिम भुक्तानीको रूपमा कायम गरी अर्को महिना भदौको बिलमा समायोजन गर्ने भएको छ । 


प्राधिकरणले सार्वजनिक सूचना निकालेर ग्राहकले तिरिसकेको भ्याटलाई भदौको बिलमा समायोजन गर्ने जनाएको हो । यसअघि प्राधिकरणले असारमै खपत गरेको बिजुलीको बिलमा भ्याट जोडेर साउनयता ग्राहकलाई पठाएको थियो । यसको चौतर्फी विरोध भएको थियो । साउन १ गतेदेखि लाग्ने भ्याट किन असारमै जोडेको भन्दै प्राधिकरणको आलोचना पनि भएको थियो । 


त्यसपछि प्राधिकरणले यसबारे आन्तरिक राजश्व विभागसँग राय मागेको थियो । त्यसैलाई स्पष्ट पार्दै विभागले हिजो विज्ञप्ति निकालेको हो । आन्तरिक राजश्व विभागले बिजुली खपतमा लाग्ने मूल्य अभिवृद्धि कर १ साउनबाट मात्र आकर्षित हुने राय दिएसँगै अन्योल हटेको छ । आर्थिक ऐन २०८३ ले मूल्य अभिवृद्धि कर ऐन २०५३ संशोधन गरी सरकारले विद्युत् सेवा प्रदान गर्ने अन्तिम उपभोक्तालाई ५ प्रतिशत तथा अन्य व्यक्तिका सम्बन्धमा १३ प्रतिशतका दरले मूल्य अभिवृद्धि कर लाग्ने व्यवस्था गरेको थियो । 


अब साउनअघिको विद्युत् खपतको बिलमा भ्याट तिरेका ग्राहकले भदौमा पाउने बिलमा तिरेको रकम बराबरको छुट पाउने भएका छन् ।

Kakani Khabar add

सम्बन्धित खबर

विश्वकप फुटबलमा भोलि बिहान ४ वटा खेल हुँदै

काठमाडौँ । फिफा विश्वकप फुटबलमा भोलि बिहान चार वटा खेल हुँदैछन् । भोलि बिहान पौने १ बजे कतार र स्वीजरल्याण्ड, पौने ४ बजे ब्राजिल र मोरक्को, पौने ७ बजे हाइटी र स्कटल्याण्ड तथा बिहान पाैने १० बजे अष्ट्रेलिया र टर्कीएले खेल्दैछन् ।


व...