Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

बाढी आएको ११ औँ दिनमा सुरुङबाट एक जनाको जीवितै उद्धार

Main News Image
Kakani Khabar add

नुवाकोट । बाढीका कारण प्रभावित माथिल्लो त्रिशुली १ (२१६ मेवा) को अडिट ४ सुरुङबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ ।


नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले केहीबेरअघि मात्रै सुरुङबाट उहाँलाई उद्धार गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।  

उहाँलाई उद्धार गरेर नुवाकोटको त्रिसुली ब्यारेकमा ल्याइँदैछ । उहाँलाई बाढी गएको ११ औं दिनमा उद्धार गरिएको हो ।


यसअघि हिजो त्रिशूली - ३ ए को सुरुङबाट २ जनाको जीवितै उद्धार गरिएको थियाे ।

Kakani Khabar add

सम्बन्धित खबर

होल्डिङ सेन्टर खाली गर्ने समय ७ दिन थप

काठमाडौँ । सुकुम्बासीहरुका लागि होल्डिङ सेन्टर खाली गर्ने समय ७ दिन थपिएको छ  । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले आज सूचना निकालेर समय थपेको हो । समितिले स्वः व्यवस्थापन खर्चका लागि यही १५ गतेसम्म निवेदन दिन र १९ गतेभित्र होल...

अमेरिकालाई ७ रनले हराउँदै नेपाल ‘ए’ को ‘क्लिन स्वीप’

काठमाडौँ । एकदिवसीय अभ्यास शृङ्खलामा नेपालको ‘ए’ टोलीले ‘क्लिन स्वीप’ गरेको छ । माथिल्लो मूलपानी मैदानमा आज भएको चौथो तथा अन्तिम खेलमा नेपाल ‘ए’ ले अमेरिकालाई ७ रनले हरायो ।


नेपाल ‘ए’ ले दिएको २६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९...

भोटेकोशी बाढीको ११औँ दिनमा आज दुई जनाको जीवितै उद्धार

नुवाकोट । भोटेकोशी नदीमा बाढी आएको ११औँ दिनमा आज दुई जनाको जीवितै उद्धार भएको छ ।


उद्धारकर्मीहरूले एक जनाको घरबाट र एक जनाको जलविद्युत् आयोजनाको सुरुङबाट जीवितै उद्धार गरेका हुन् ।


सशस्त्र प्रहरीका सहप्रवक्ता एवम्...

विपदमा प्रयोग गर्न २ वटा हेलिकप्टर तयारी अवस्थामा राखिने

काठमार्डौँ । गृहमन्त्री सुधन गुरुङले विपदमा प्रयोग गर्न दुई वटा हेलिकप्टर तयारी अवस्थामा राखिने बताउनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आज भएको छलफलमा गृहमन्त्री गुरुङले विपदमा परेका नागरिकको तत्कालै उद्धार गर्न दुई वटा हेलिकप्टर...

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

काठमाडौँ । एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ । 


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार ११ ह...

पोखरा विमानस्थल भ्रष्टाचार : दुई जनालाई साधारण तारेखमा रिहा गर्न आदेश

पोखरा विमानस्थल भ्रष्टाचार : दुई जनालाई साधारण तारेखमा रिहा गर्न आदेशपोखरा विमानस्थल भ्रष्टाचार : दुई जनालाई साधारण तारेखमा रिहा गर्न आदेशपोखरा विमानस्थल भ्रष्टाचार : दुई जनालाई साधारण तारेखमा रिहा गर्न आदेशपोखरा विमानस्थल भ्रष्टाचार : दुई जनालाई...